» » जेपी गुप्ताले निकाले यस्तो विज्ञप्ति


मधेशी मोर्चाले घोर अनैतिक, अतार्किक र जनता प्रति कृतध्न कार्य गरेका हुन १
मधेशी मोर्चाले सत्तामा जानका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रसंग समझदारी गरेको छ । यस तीन बुँदे समझदारीका बिषयहरू केलाउनु आवश्यक छैन । यो सत्ता समर्पण र मुद्दा विसर्जनवादी सोचका, मधेशी मोर्चामा रहेका सत्तालम्पट पार्टीहरुको घोर अनैतिक, अतार्किक र मधेशी जनता प्रतिको घोर कृतध्न कार्य हो । तराई मधेश राष्ट्रिय अभियानले यसलाई मधेशीको आत्मसम्मान समाप्त पार्ने घोर अनैतिक कार्य मान्दछ । मोर्चाको यस कूकार्यले मधेश आन्दोलनमा शहीद भएका र घाईते पिडीतहरूको तेजोबध गरिएको ठान्दछ । तमरा अभियान मधेशी मोर्चाको यस दुष्कार्यका प्रति अफशोच व्यक्त गर्दछ ।

संविधान जलाउनु, संविधानको पुनर्लेखनको मांग गर्नु, अनि सोही संविधानको अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धताका साथ प्रधानमंत्रीको उम्मेदवार भएका सुशील कोईरालालाई भोट हाल्नु, फेरी प्र।म। के।पी। ओली सरकारको बिरूद्ध अविश्वासको प्रस्तावमा सहीछाप गरी भोट हाल्नु, सर्वत्रको आलोचनालाई वेवास्ता गरी अर्को सरकारको प्रधानमंत्रीका उम्मेदवार प्रचण्डको लिखित प्रस्तावको समर्थक बन्नु र उस्को लागि मतदान गर्ने निर्णय गर्नुले नै स्पष्ट हुन्छ९कि मधेशी मोर्चा आजको दिनमा संसद भित्रको सत्तापक्ष भएको छ । नैतिकताले र संसदीय आदर्शले यही नै भन्छ । यति हुदाँहुदै मधेशी मोर्चाले आफुलाई मधेशी जनताका लागि संघर्ष गरिरहेको भन्नु पानी माथीको ओभानो भन्ठान्नु हो । अर्थात, सम्पूर्ण रूपमा आफुलाई नग्न बनाई सकेपछि पनि बस्त्र लागाएको ठान्नु सरह हो ।

मधेशी मोर्चाको अरू थप कुकृत्य र विभत्स अवसरवादी चरित्र आउन बाँकी नै छ, जो चाडै देखिने नै छ । मधेशी जनताले यी सब तथ्यहरूको सही मूल्यांकन गर्नै पर्ने हुन्छ । यसको बस्तुनिष्ठ मूल्यांकन गरी सहीबाटो अख्तियार गरे मात्र मधेशका मांगहरू पुरा गराउने दिशामा हामी अगाडी बढन सक्छौ, अन्यथा दासत्व हामीले खोजेकै बिषय एवं नियति मानिने छ । तमरा अभियान मधेशका यी मोर्चा नामधारी गद्दारहरूको अब पनि पहिचान गरी अगाडीको बाटो पैल्याउन सबै मधेशी जनसमुदायमा अपील गर्दछ ।
जय प्रकाश गुप्ता
संयोजक
साउन १८, २०७३ 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..