» » मधेश प्रदेशको अध्यक्षमा रेणु यादव (हेर्नुस् समितिको लिस्ट)


जनकपुर साउन ३० गते । संघीय समाजवादी फोरम नेपालले जनकपुरमा सम्पन्न गरेको तराई मधेश प्रदेशको भेलाले सो प्रदेशको प्रमुखमा पार्टीका उपाध्यक्ष रेणु यादवलाई चयन गरेका छ ।
जनकपुरमा सम्पन्न तराई मधेश प्रदेश भेलाले पूर्व मन्त्री रेणुकुमारी यादवको अध्यक्षतामा ४१ सदस्यीय प्रदेश तदर्थ समिति गठन गरेको छ ।

पूर्व झापादेखि चितवनसम्मका १२ जिल्लाको प्रतिनिधिको सहभागिता रहेको तराई मधेश प्रदेश भेलाले ६ महिनाभित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । समितिको उपाध्यक्षमा सुरेश भट्टराई, मुख्य सचिवमा शम्भू झा, सचिवमा सल्लाउदिन मोहम्मद लाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा राम विलास यादव, रामबाबु यादव, रामकिशोर यादव, नागेन्द्र यादव, कृष्ण शंकर साह, उर्मिला साह, अशोक यादव, शेषनारायण यादव, अरुण सिंह मण्डल, भागिरथ खत्वे, सविता यादव, तेजनारायण चौधरी, राघवेन्द्र झा, रम्भा देवी, शोभा देवी साह रहनु भएको छ ।

त्यस्तै  वृजकिशोर यादव, सदानन्द यादव, महराज यादव, मदन चौहान, युसुफ अली, राधेश्याम पण्डित, सुखराम यादव, सुरेन्द्र प्रसाद यादव, रामचरित्र साह, सुनिता राम, दीपनारायण मण्डल, शंकर प्रसाद राजवंशी, दुर्गा राजवंशी, राम विशेष यादव, राजेन्द्र यादव, लक्ष्मी चौधरी, चमेली देवी दास, राम रतन यादव, लालजी शरण यादव, गंगा लामा सहित रहनु भएको छ ।


समितिमा खाली रहेको दुई उपाध्यक्ष, एक सचिव र कोषाध्यक्ष लगायतका अन्य सदस्यहरु केही दिनभित्रै मनोनयन गरिने नवनिर्वाचित समितिले जनाएको छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..