» » मधेशको हकमा केही निर्णय भएन, हेर्नुस् प्रचण्ड सरकारको पहिलो सात निर्णय


काठमाडौ साउन २० गते । नेकपा माआवादी केन्द्रका अध्यक्ष प्रचण्ड मधेशी मोर्चासँग तीन बुँदे सहमति गरेर प्रधानमन्त्री हुनु भएको छ । आजै उहाँ सपथ लिएर पदबाहन गर्दै मन्त्रीपरिषद्को बैठक पनि बसाउनु भयो । त्यसमा मधेशको हकमा कुनै निर्णय नै भएन जब कि सहमति अनुसार सरकार गठन भएको पहिलो बैठकले मधेश सम्बन्धि निर्णय गर्ने भनिएको थियो ।
ल हेर्नुस् आज बसेको मन्त्रीपरिषद्ले गरेको सात निर्णय यस्तो छ । त्यसमा मधेशको बारेमा गरिएको निर्णय कहाँ छ खोज्ने काम पाठकको ।

१.लोकतान्त्रिक आन्दोलनका सबै सहिदप्रति श्रद्धाञ्जली व्यक्त

२.बैशाख १२ को भूकम्प तथा बाढी पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त

३.भूकम्प पीडितलाई तत्काल एकलाख रुपियाँ राहत प्रदान गरिने

४.बाढी पहिरोमा परेर घाइते भएकाहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना

५.सरकार गठनमा सहयोग गर्र्ने सबैलाई धन्यवाद

६.सञ्चारमन्त्री नियुक्त नभएसम्म प्रवक्ताको जिम्मेवारी अर्थ मन्त्री कृष्णबहादुर महरालाई 

७.पूर्ववति सरकारले आन्दोलनका घाइते तथा सहिदलाई दिने राहत तत्काल उपलब्ध गराउने  


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..