» » माटाका भाडा विक्रिमा वृद्धि


सप्तरी, भदौ १४ गते । मिथिलाञ्चलमा मनाईने चौरचन पर्व नजिकिदै गर्दा  सप्तरीमा माटोको भाडोको विक्रि बढेको छ ।

तराईमधेश क्षेत्रमा मैथली, मधेशी र थारु समुदायका स्थानीयहरुले सघन रुपमै गरिने चौरचन पर्वमा माटोको भाँडाकुँडाको  माग बढेको छ ।

चौरचन सबैले मनाउने भएकाले माटोको भाडो विक्रि बढेको हो । एक परिवारले करिब २ सय रुपियाँको माटोको भाडो खरिद गर्नुपर्ने हुन्छ । यहाँका हजारौं परिवारले चौरचन पर्व मनाईरहेका छन् । यस वर्ष  हुने पर्वमा घैला, छाछी अर्थात कन्तारी, मटकुरी, लाबैन, दियो, र फुच्ची लगायतका माटोको भाडाहरुमा दही, खीर र फलफुल तथा मिठाइ राखेर पुजापाठ गर्ने भएकाले माटोको भाडाको माग अत्याधिक बढेको हो ।

स्थानीयहरुले चौरचनको २ हप्ता अघिबाट नै माटाका भाडाहरु खरिद गरेर लगने गरेको बताइएको छ ।
विगतमा ५ देखि १० रुपियाँमा पाइने ती माटाका भाडाहरु अहिले ३० देखि ५० रुपियाँसम्ममा र कुनै कुनै भाडो १ सय देखि २ सयसम्ममा बिक्रिवितरण भएको स्थानीयहरुले बताएका छन् । यसवर्ष यहाँको इतिहासमै सबभन्दा बढी महगोंमा माटोको भाडोको खरीदविक्रि भएको छ । चौरचन गर्ने स्थानीयहरुले माटो भाडाकुडा मंहगो भएको गुनासो गरेका छन् ।

उता माटाका भाडा बनाउने र विक्रिवितरण गर्ने कुमालेहरुले वर्षभरी आफुहरुको व्यापार र पेशा अन्य समयमा नचलेको तथा माटोको भाडो बनाउन श्रम बढी खर्चिनुपर्ने बाध्यता रहेकाले महगोंमा भाडाबेच्न बाध्य भएको बताएका छन् ।

चौरचनका लागि राजविराज सहित कल्याणपुर, कठौना, खरचुहिया, बरसाईन लगागतका स्थानीय हाटहरुमा माटाका भाडाहरु किन्ने स्थानीयहरुको एक सातायता भिड लागने गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..