» » प्रचण्ड र बङ्गलादेशका सुरक्षा अधिकारीबीच भेटवार्ता


काठमाडौँ, भदौ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशका सुरक्षा अधिकारीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा प्रधानमन्त्रीले गत वर्षको ‘गोरखा भूकम्प’को क्रममा राहत तथा उद्धारमा बङ्गाली जनता, बङ्गलादेश सरकार र त्यहाँको सुरक्षा संयन्त्रले गरेको सहयोग र समन्वयप्रति आभार प्रकट गर्नुभएको थियो ।

“छिमेकी र मित्रको हैसियतले बङ्गलादेश सरकार र बङ्गाली सरकारको तर्फबाट प्राप्त भएको सहयोगमा म उच्च प्रशंसा गर्दछु । नेपाली जनता र नेपाल सरकार बङ्गाली मित्रलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछ” – प्रधानमन्त्री दाहालले भन्नुभयो ।

भेटमा प्रधानमन्त्रीले नेपाल र बङ्गलादेश दुवैले प्राकृतिक विपत्तिको सामाना गर्नु परिरहेको भन्दै उद्धार, राहत र पुनःनिर्माणमा एक अर्काका अनुभव आदानप्रदान गर्न नेपाल सरकार इच्छुक रहेको जानकारी दिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

भेटमा बङ्गलादेशका सुरक्षा अधिकारीले नेपालले सक्षम र प्रतिभाशाली प्रधानमन्त्री पाएको भन्दै दुई देशको सम्बन्ध र विपत्तिको सामानामा बङ्गलादेशको सुरक्षा संयन्त्र मिलेर काम गर्न इच्छुक रहेको बताउनुभएको थियो ।

भेटमा बङ्गलादेशको सेना, सशस्त्र बलका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..