» » नेपाल विद्यार्थी मञ्चले मनाए २६ औ वार्षिकउत्सव


काठमाडौ साउन २७ गते । नेपाल सद्भावना पार्टीको भातृ संगठन नेपाल विद्यार्थी मंचले आज आफ्नो २६ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसका उपलक्ष्यमा मञ्चले काठमाण्डौलगायत विराटनगर, राजविराज, जनकपुर, गौर, इनरुवा, भद्रपुर पनि वृक्षारोपण, रक्तदान, फलफुल वितरण, अन्तरसंवाद लगायत विभिन्न कार्यक्रमहरुको आयोजना गरेको सो पार्टीका प्रवक्ता एवं सांसद डा.डिम्पल झाले जानकारी गराउनुभयो ।

सो अवसरमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्नु हुँदै पार्टीका अध्यक्ष अनिल कुमार झाले वर्तमान राजनीतिक अवस्था अत्यन्तै सम्वेदनशिल रहेको बताउनु भयो । मधेशी, आदीवासी जनजाति तथा अन्य पीछडिएको क्षेत्र, वर्ग तथा समुदायको लागी आशलाग्दो परिस्थिति निर्माण गर्ने अवस्था आएको बताउँदै उहाँले भन्नुभयो, हामी यस अवस्थाबाट देशको समग्र रुपान्तरणको खाका कोर्न सक्नु पर्ने हुन्छ ।

नेपाल सद्भावना पार्टी र नेपाल विद्यार्थी मंच नेपालमा फरक धारको राजनीतिको संवाहक भएकोले फरक र नयाँ राजनीतिक धारलाई सक्षम र सफल बनाउन प्रतिज्ञा गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

विराटनगरको कार्यक्रम पार्टीका उपाध्यक्ष यदुवंश साह, राजविराजको कार्यक्रम पार्टीका अर्का उपाध्यक्ष रामनारायण यादव, जनकपुरको कार्यक्रम पार्टीका महासचिव राजीव झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थयो ।

काठमाण्डौमैं एक अर्को कार्यक्रममा रितेश साहको अध्यक्षतामा २५ सदस्यिय नेपाल विद्यार्थी मंच, काठमाण्डौ उपत्यका समिति र प्रदीप देउलाको अध्यक्षतामा ११ सदस्यिय नेपाल आदीवासी जनजाति उथान मंच, काठमाण्डौ जिल्ला कार्य समितिको गठन भएको प्रवक्ता झाले जानकारी गराउनु भएको छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..