» » विद्यार्थी नेता चौधरीको अन्तिम संस्कार सम्पन्न


काठमाडौं भाद्र १४ गते । सवारी दुर्घटनामा परी ज्यान गुमाएका विद्यार्थी नेता स्व. सञ्जय चौधरीको अन्तिम संस्कार सम्पन्न भएको छ ।

संघीय समाजवादी फोरम नेपालको पार्टी झन्डा ओढाएर काठमाडौंको पशुपति आर्यघाटमा मंगलबार चौधरीको अन्तिम संस्कार गरिएको छ ।

समाजवादी विद्यार्थी फोरम, युवा फोरम, फोरम नेपालका नेता कार्यकर्ता लगायत स्व. चौधरीका परिवारजन तथा शुभचिन्तकहरु अन्तिम संस्कारमा सहभागी थिए ।

स्व. चौधरी एकसाता अघि सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । काठमाडौंको बासवाँरी स्थित न्यूरो अस्पतालमा उपचार भइरहेकै समयमा भाद्र १२ गते उनको निधन भएको थियो ।

हेटौडा बजारमा पैदल हिडिरहेको बेला पछाडीबाट मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएपछि थप उपचारका लागि न्यूरो अस्पताल बासवाँरी लगिएको थियो ।

समाजवादी विद्यार्थी फोरम नेपाल अन्तर्गत नेपाल इंजिनियरिङ कलेज भक्तपुर इकाई शाखामा कोषाध्यक्ष पदमामा रही स्व. चौधरी विद्यार्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।

२२ वर्षिय स्व. चौधरी सप्तरीको बरमजिया घर भई नेपाल इंजिनियरिङ कलेज भक्तपुरमा अध्ययनरत थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..