» » श्रीमतीको वियोगमा विषसेवन

महोत्तरी, भदौ १३ गते । महोत्तरी जिल्लाको धीरापुर गाविसमा विषादी सेवनबाट गएराति एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धीरापुर गाविस–५ बस्ने ६० वर्षीय जीवछ दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

केही दिन अघि पत्नीको मृत्यु भएपछि एक्लै जीवन बिताउँदै आएका दासले गएराति तरकारी बारीमा हाल्ने नाम नखुलेको विषादी सेवन गर्दा उनको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

गएराति करिब ९ बजे विषादी सेवनबाट सिकिस्त दासलाई छिमेकीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मृतक दासको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..