» » मधेशी मोर्चाले समर्थन गरेपछि काँग्रेस र माओवादीले गर्नथाले घमर्थन


काठमाडौ साउन १८ गते । आज संसद भवन नयाँ बानेश्वरमा रमाइलो दृश्य हेर्न पाइयो । नेपाली काँग्रेस र माओवादीले मधेशी, आदिवासी जनजातिलाई कसरी उल्लु बनायो त्यो पनि हेर्न पाइयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार ढल्ने हल्ला सुन्ने वित्तिकै सरकार ढाल्न सहयोग गर्ने हतारिएका मधेशी मोर्चा आज पनि त्यसै गरि हताएर नराम्री गरि फँसेका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको नौ सदस्य कार्यदलले तयार पारेको नौ बुँदे सहमतिमा आज विहान नौ बजेदेखि नै संसद भवनामा छलफल शुरु भएको थियो ।

छलफलमा कसैले यो सात बुँदे नै राखौं, यसैमा हस्ताक्षर गरौं भन्दै थिए भने कसैले होइन यो लामो भयो भाषा मिलेन, अलि घटाउ, शब्दहरु मिलाउ पनि कुरा उठ्यो । कसैले तीन बुँदे भने कसैले चार बुँदे त कसैले दुई बुँदे पनि । यस्तै यस्तै घमर्थन (विवादसहित छलफल) भइरहयो । तर उता घमर्थन भइरहँदा यता घडी सुई रुकेको थिएन । आफ्नो गतिमा बढी रहेको थियो । ११ बज्यो । ११ बजेदेखि चारबजेसम्म प्रधानमन्त्रीको उम्मेदवारी दिने समय तालिका थियो ।

लौ उम्मेदवारी दिने समय भयो, उम्मेदवारी दिन जाउँ । त्यसबेलासम्म तीन बुँदेमा लगभग लगभग कुरा मिलिसकेको थियो ।

सरकार निर्माणपछि सहिद घोषणा, मुद्दा फिर्ता, क्षतिपूर्तिलगायतका कार्य तत्काल गर्ने, मधेशी मोर्चा र संघीय गठनबन्धनले प्रस्तुत गरेको ११ बुँदे र २६ बुँदे मागलाई दृष्टिगत गर्दै अविलम्ब सविधान संशोधन गर्ने र प्रधानमन्त्रीको चुनावमा मतदान गर्ने सहमति भएको थियो ।

यो नै मौखिक सहमति हो, उम्मेदवारी दिएर आउ अनि यसलाई फाइनल गरे हस्ताक्षर गरौला । मौखिक सहमतिको आधारमा मधेशी मोर्चामा नेताहरु खुशीका साथ प्रचण्डको उम्मेदवारीमा समर्थक भएर हस्ताक्षर गरेका थिए ।

त्यसमा महेन्द्र राय यादवको पार्टी तराई मधेश सद्भावना पार्टी, शरत सिह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव अधयक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिकले समर्थनमा हस्ताक्षर गरेको छैन । यद्यपी प्रचण्डको उम्मेदवारीमा कुनै विरोध नरहेको सो दलका नेताहरु बताउँनु हुन्छ ।

एकछिन उम्मेदवारीको खुशीयाली मनाउने काम भयो । फोटो सेशनहरु भयो । बैठक बस्छ, अब बस्छ तब बस्छ भनि नेताहरु प्रतिक्षामा बसे । विस्तारै विस्तारै सबै नेताहरु आए तर प्रधानमन्त्रीका उम्मेदवार प्रचण्ड र प्रस्ताव देउवा गायव हुनुभयो ।

जब कि चार बजेसम्मको समय थियो । दुई घण्टा बसेर सहमति गरेर त्यसमा हस्ताक्षर गरेर पनि उम्मेदवारी दिन जाँदा हुन्थ्यो तर प्रचण्डले हतार गरेर सबैलाई उठाएर लगे । तर भित्रि रणनीति भनेको मोर्चाबाट समर्थन लिनु थियो । यदि त्यस्तो नभएको भए किन उम्मेदवारीपछि सहमति गरेर हस्ताक्षर गरेन ।

बैठकमा सहभागि राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले भन्नुभयो, नेताहरुको कुरा सुन्दा र बुझ्दा सहमति होला जस्तो लागेन ।

अब उहाँ आउनु हुन्छ भनि प्रतिक्षा शुरु भयो । निर्धारित समयभन्दा धेरै ढिलोभयो । प्रचण्ड र देउवा नआएपछि बाँकी रहेका सकेण्डस्तरका नेताहरुबीच वार्ता शुरु भयो । कहिले सात बुँदे त कहिले आठ बुँदे । कहिले तीन बुँदे, त कहिले दुई भन्दै विभिन्न ड्राफहरु बन्यो तर कुनै सहमति भएन । त्यही पुरानै तीन बुँदेमा सहमति गरौना त नारायणकाजी श्रेष्ठले भनेपछि त्यसैलाई फाइन भनेर प्रचण्डलाई पढेर सुनायो ।

प्रचण्डले तीनटै बुँदा ठिक छ तर यसमा केही शब्द र भाषाहरु मिलाउनु पर्ने भएकाले भोली बसेर छलफल गरौं भनि सहमति गर्नबाट पन्छिुन भएको हो । यस्तो पन्छिएपनि मधेशी नेताहरु फायर भएका छन् तर फायर भएर के गर्ने बेलामा होस् नपुर्याएपछि यस्तै हो ।

मधेशी नेताहरुले भन्न थालेका छन् हामीसँग धोका भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..