» » ५५ जना ग्राहकको लाइन काटियो


सप्तरी, भदौ १३ गते । विद्युत प्राधिकरणले हिजोसम्ममा विद्युत महसुल नतिरेका ५५ जना ग्राहकको लाईन काटेको प्राधिकरण प्रमुख राम उदगार साहले बताउनुभएको छ ।
अभियान शुरु गरेको छैठौं दिनसम्ममा ५५ जना ग्राहकको लाईन काटी ५ लाख ५० हजार बक्यौता असुल गरिएको छ ।

प्राधिकरणको जिल्लाभर ग्राहकबाट २४ करोड रुपैयाँँभन्दा बढी विद्युत महसुल बक्यौता छ । जसमध्ये अभियान चलाएको छैठौं दिनसम्म ५ लाख ५० हजार वसुल भएको र अझ उठ्ने व्रmममा रहेको छ ।

सरकारी कार्यालयहरुलाई पनि ७ दिन भित्र बक्यौता महसुल बुझाउन पत्राचार गरिसकिएको र सयममा नबुझाए लाईन काटिने बताइएको छ ।

त्यसैगरि अहिले सप्तरीको तापक्रम ३५ डिग्री नाघेको छ । अत्याधिक गर्मीका कारण सर्वसाधारण बजारमा कमै निस्किने गरेको छन् भने स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतलामा विरामीको चाप बढेको छ ।

ज्वरो, झाडापखाला, रुघाखोकी र सर्पदंसकका विरामीको चाप बढेको हो । गर्मी मौसममा भाईरलको संक्रमण बढी हुने भएकाले विरामी बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..