» » शहिद राधिका देवीसंँग अन्याय किन ?


यसै हप्ता सरकारद्धरा तेस्रो मधेश आन्दोलनमा मारिएको मध्ये ५२ जनालाई सहिद घोषणा गरेका छन् । केहि दिन पहिला मोर्चाले आन्दोलनमा मारिएका ६८ जनाको नाम सहिद घोषणा गर्न सरकारलाई सिफारिश गरेका थिए, जसमध्ये सरकारले ४१ जना आन्दोलनकारी र १० जना सुक्षाकर्मीलाई सहिद धोषणा गर्ने निर्णय गरेको छ।

तर सरकारले निर्णय गरेको सूचीमा सर्लाहीको शहिद राधिका देवी दासको नाम नपर्नु प्रति आपत्ति रहेको समाजिक अभियनता सरोज रायले बताउनु भयो ।

आखिर सरकारबाट यति ठूलो गल्ति कसरी भयो भनि प्रश्न गर्दै रायले भन्नुभयो, के छानविन अपूर्ण रहेको हो कि अन्य कुनै कारण हो, जे भएपनि शहिद र उनका परिवारसँग अन्याय हुनु भएन ।

ओली सरकारको पालोमा सरकार द्वारा सार्वजनिक गरिएको सूचीमध्ये धेरै जसो शहिद परिवारले १० लाख पाइसकेका छन् । यसपाली शहिद परिवारको नाममा निकास गरिएको रकम पुन दोहोर्याएर बाँड्ने हो कि के गर्ने हो बुझ्न गाह्रो भएको उहाँले बताउनुभयो ।

मोर्चाले ओली सरकारकै बेला ३७ जनाको नाम शहिद घोषणा गर्नलाई तयार गरेका थिए तर न राधिका देवी आजसम्म शहिद घोषणा भए न उनका परिवारले कुनै किसिमको क्षतिपुर्ति पाए । यसवारे लोकतान्त्रिक मोर्चाले २०७२ मंसीर १९ गते प्रहरी कार्यवाहीमा नवलपुरमा मारिएका राधिका देवीलाई शहिद घोषणा गर्न तत्कालीन प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेलाई ज्ञापन पत्र समेत बुझाएका थिए र काफ्लेको प्रतिबद्धतापछि मात्र राधिका देवीको अन्तिम संस्कार गरिएको थियो ।

राधिका देवीका श्रीमानको मानसिक स्थिति ठिक छैन । उहाँका तीन छोरी एक १२ वर्षीय छोरा रहेका छन् । जसमध्ये दुई छोरीको विवाह भईसकेको र अहिले परिवारको पूर्ण जिम्मेवारी सानो छोरी १७ वर्षीय शिवकुमारी दासको काँधमा आई परेको छ । परिवारको दैनिक गुजारा सहयोगबाट नै भइरहेको छ ।

शिवकुमारीलाई आत्मनिर्भर बनाउन आफूहरुले उहाँलाई सिलाइ तालिम गराएर आषाढ ३१ गते एउटा सिलाई मशिन उपलब्ध गराएको बताउनु भएको छ ।

उहाँको सानो भाइलाई पनि जनकपुरको नोवेल इन्ग्लिश बोर्डिंग स्कुलुमा कक्षा १२ सम्म निशुल्क पढाउने जिम्मेवारी लिएर भर्ना समेत गराए तर दूर्भाग्यवश तीन चोटी स्कुलबाट भागेपछि अहिले गाउँमै बसेका छन् ।

यति मात्र होइन, राधिका देवीको परिवारको दैनिक खर्चको लागि हेल्प मधेशी कतार संस्थाको सहयोगमा मासिक आठ हजार रुपियाँ उपलब्ध गराउंदै आइरहका रायले बताउनु भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..