» » प्रचण्ड प्रधानमन्त्रीमा चयन भएपछि एमालेका भिमरावलले मधेशबारे गरे यस्तो टिप्पणी

काठमाडौँ, साउन १९ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले नयाँ सत्ता गठबन्धनका लागि गरिएको संविधान संशोधनको प्रस्ताव आफूहरुलाई मान्य नहुने बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को बैठक परिसरमा पत्रकारसँग कुरा गर्दै रावलले वर्तमान संविधानलाई प्रतिगामी भन्ने मधेसी दलले प्रधानमन्त्रीको निर्वाचनका लागि मतदानमा सहभागी भइसकेपछि संविधान संशोधनको प्रस्तावको अर्थ नहुने पनि दाबी गर्नुभयो ।

नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र० र मधेसी मोर्चाबीच आज संविधान संशोधनलगायत तीनबुँदे सहमति भई प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाललाई समर्थन गर्ने उल्लेख छ ।

नेता रावलले प्रश्न गर्नुभयो, “केका लागि संविधान संशोधन गर्ने हो, त्यो स्पष्ट हुनुप¥यो । यो मुलुकलाई जातीय वा एक मधेस एक प्रदेशका आधारमा जाने हो भने त्यो हामीलाई मान्य छैन । जनताको स्वाभिमान र राष्ट्रिय स्वाधिनतामा खतरा उत्पन्न हुने गरी सत्ताको खेलका लागि यस्ता प्रस्ताव आएका छन् ।”

उहाँले सेना र गुप्तचर निकायमा समेत समावेशीकरण हुने मुलुक नेपाल मात्र रहेको उल्लेख गर्दै नागरिकताका सवालमा पनि भारतमा भन्दा उदार व्यवस्था रहेकाले ती विषयमा पनि संविधान उपर्युक्त भएको बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..