» » विद्यार्थी फ्रन्टको ८ औं वार्षीक उत्सव आज

काठमाडौ साउन २१ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका भातृ संगठन तराई मधेश विद्यार्थी फ्रन्टले आज आफ्नो आठौ स्थापना दिवस मनाई रहेका छन् ।

फ्रन्टले राजधानी लगायतका मधेशका प्रत्येक जिल्लामा कार्यक्रमहरुको आयोजना गरि दिवसको रुपमा मनाईरहेको फ्रन्टका अध्यक्ष मनिष मिश्राले जानकारी दिनुभयो ।

फ्रन्टले आज वार्षीक उत्सवको उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि तमलोपाका अध्यक्ष महन्थ ठाकुर रहनु भएको मिश्रले जानाकरी गराउनु भयो ।

आज १ बजेदेखि पार्टी कार्यालयकै सहिद मेमोरियल हलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्लाहरुमा पनि अन्तरक्रिया कार्यक्रमको साथै आन्दोलनका घाइतेलाई फुलफुल वितरण तथा बाढी पीडितलाई राहत र रक्तदान कार्यक्रमहरुको आयोजना भइहरेको बताइएको छ ।

बैशाख २९, ३०, ३१ गते कलैयाको बारामा पहिला महाधिवेशन सम्पन्न गरेका फ्रन्टको अध्यक्षमा मनिष मिश्र आउनु भएको छ । यसअघि फ्रन्टको अध्यक्षमा सुरेशकुमार मण्डल हुनुहुन्थ्यो ।

अध्यक्ष मिश्रले भन्नुभयो, आज तराई मधेश विद्यार्थी फ्रन्ट (तमवि फ्रन्ट) को आठौ स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्ण तमवि फ्नन्टका केन्द्रीय कार्यसमितिका साथीहरू, जिल्ला अध्यक्षलगायत पदाधिकारी साथीहरू, क्षेत्रीय अध्यक्षलगायत पदाधिकारी साथीहरू, क्यामपस एकाई कमिटिका अध्यक्षलगायत पदाधिकारी साथीहरू, सदस्यगणहरू, सल्लाहकारहरू, मित्रहरूलाई हार्दिक बधाई एवं आगामी कार्यकालको शुभकामना । सधै झै यसपाली पनि तमवि फ्रन्टले सम्पूर्ण जिल्लाहरूमा बिभिन्न कार्यक्रम गरी आफ्नो आठौ स्थापना दिवस मनाउदै गरेको कुरा सबैमा जानकारी गराउन चाहन्छौ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..