» » रन्जित रायको उपस्थितिमा प्रभु साहले भन्नुभयो, नेपाल भारतबीच भएको सन्धि सम्झौता रिभ्यु हुनुपर्छ


काठमाडौ भदौ १ गते नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले नेपाल र भारतवीच सदियौंदेखिको सम्बन्ध भएको उल्लेख गर्दै बदलिँदो परिवेश अनुसार अब अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

राजधानीमा आयोजित एक कार्यक्रममा नेता साहले भारतले नेपाललाई सानो र नेपालले भारतलाई ठूलो देख्ने जुन भावना छ, त्यस्तो नहुनुपर्ने उल्लेख गर्दै भारतको आर्थिक समृद्धिबाट नेपाललेपनि लाभ लिनुपर्ने धारणा राख्नुभयो ।

साहले नेपाल र भारतबीच भएका सन्धी र सम्झौताबाट प्रतिफल नआए त्यसलाई रिभ्यु गर्नुपर्नेमा जोड दिदैै भन्नुभयो, ‘यदि सन्धिसम्झौताबाट कुनै लाभ भएन वा प्रतिफल आएन भने त्यसलाई रिभ्यु गर्नुपर्छ ।’ उहाँले नेपाल–भारतवीच सम्पन्न भएका कतिपय ठूला परियोजनाहरु द्धद चरित्र बोकेको समेत गुनासो गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रन्जित रायको पनि उपस्थिति थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..