» » फोरम नेपालको संसदीय दलको बैठक बस्दै


काठमाडौ साउन १८ गते । संघीय समाजवादी फोरम नेपालको संसदीय दलको बैठक आज बस्ने भएको छ ।
सिहदरवारस्थित संसदीय दलको कार्यालयमा ३ बजे बस्ने बैठकले प्रधानमन्त्रीको चुनावमा मतदान गर्ने या नगर्ने विषयमा निर्णय गर्ने संसद एवं फोरम नेपालका नेता अभिषेक प्रताप शाहले जानकारी गराउनुभयो ।
काँग्रेस र माओवादीसँग सहमति भएपछि प्रधानमन्त्रीको चुनावमा के गर्ने, चुनावपछि बन्ने सरकारमा सहभागि हुने नहुने विषयमा पनि छलफल हुने बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..