» » दुई करोड ८५ लाखको रुपियाँको ट्युबेल जडान


सप्तरी, साउन १९ गते । भूमिगत सिँचाइको माध्यमबाट सगरमाथा अञ्चलअन्तर्गतका तीन जिल्लाका सिँचाइ सुविधा पु¥याउन दुई करोड ८५ लाख रुपियाँको लागतमा स्यालो ट्युबेल जडान भएको छ ।

भूमिगत जलस्रोत विकास समितिको कार्यालय लहानद्वारा सिरहामा गत आवमा एक करोड २७ लाख ५० हजार रुपियाँको लागतमा २५५ स्यालो ट्युबेल, सप्तरीमा एक करोड २७ लाख ५० हजार रुपियाँको लागतमा २५५ स्यालो ट्युबेल तथा उदयपुरमा ३० रुपियाँ लाखको लागतमा ५० स्यालो ट्युबेल जडान गरिएको छ ।

सो ट्युबेलको निर्माणबाट सिरहामा एक हजार २० बिगाहा, सप्तरीमा एक हजार २० बिगाहा र उदयपुरमा २०० बिगाहा जमिन सिञ्चित भइरहेको कार्यालय प्रमुख चेतबहादुर गुरुङले जानकारी दिनुभयो । कार्यालयद्वारा भूमिगत सिँचाइ परियोजनाअन्तर्गत सिरहा, सप्तरी र उदयपुरको विभिन्न स्थानमा डिप ट्युबेल जडान एवम् निर्माणकार्य भइरहेको छ ।

त्यस्तै कार्यालयले गत आवमा भारतीय अनुदानमा रु एक करोड एक लाख ८१ हजारको लागतमा सप्तरीमा ८० स्यालो ट्युबेल तथा १० सिँचाइ इनार निर्माण गरेको छ । सो ट्युबेल तथा इनार सप्तरी, राजविराज, बौरीय, विष्णुपुरकटी र तैरोहतामा निमार्ण गरिएको बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..