» » दुई वर्षपछि अजवलाल पक्राउ


सिरहा, साउन २९ गते । अपहरण तथा शरीर बन्धक मुद्दामा करिब दुई वर्ष अघि सिरहा जिल्ला अदालतबाट १२ वर्ष कैद तथा १० लाख रुपियाँ जरिवानाको सजाय पाएर फरार रहेका एक जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

घर नजिकै लुकेर बसेको गोप्य सूचनाको आधारमा सिरहा बडहरामाल–७ निवासी ४४ वर्षीय ‘बद्री भन्ने अजवलाल यादलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताउनुभयो ।

अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले यादवलाई दोषी ठहर गर्दै २०७१ भदौ २१ गते सो सजाय सुनाएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..