» » मधेशी मोर्चासँग तीन बुँदे सहमति, प्रधानमन्त्रीको चुनावमा मतदान गर्ने


काठमाडौ साउन १९ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र काँग्रेस, माओवादीबीच तीन बुँदे सहमति भएको छ ।

सहमति भएसँग मधेशी मोर्चा तथा संघीय गठबन्धनले अब प्रधानमन्त्रीका उम्मेदवार माओवादीका अध्यक्ष प्रचण्डलाई मतदान गर्ने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी गराउनु भयो ।

सरकार गठन भएपछिको पहिलो मन्त्रीपरिषद्को बैठकले आन्दोलनको क्रममा मारिएकालाई सहिद घोषणा, मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेलाई उपचार, बन्दी रिहाय, मुद्दा फिर्ता लगायतका कार्य तत्काल गर्ने, त्यसपछि मोर्चाको ११ बुँदे र गठबन्धनको २६ बुँदे मागलाई दृष्टिगत गर्दै राजनीतिक सहमतिका आधारमा सविधान संशोधन गर्ने र अर्को प्रधानमन्त्री चुनावमा मतदान गर्ने रहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..