» » राजकिशोर यादवले भन्नुभयो, सहमतिको मतलब आत्मसमर्पण होइन


काठमाडौ साउन २३ गते । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सत्ताधारी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसँग बस्नु आफूहरुको लागि बाध्यता भएको बताउनु भएको छ ।

उहाँले भन्नुभयो, सहमतिका लागि सँगै बस्नुपर्ने बाध्यता हो । सहमतिको मतलब आत्मसमर्पण किमार्थ होइन ।

तीन बुँदे सहमति भएको कुरालाई लिएर कतिपैमा भ्रम भयो कि मधेशवादी दल सरकारमा जाादैछ त्यो एकदम गलत हो, उहाँले भन्नुभयो, तीन बुँदे सहमति शुरुवात मात्र हो, काँग्रेस र माओवादी मधेशप्रति सकारात्मक भएको कुरा अगामी दिनमा पुष्टि गर्नुपर्ने हुन्छ ।

सहमति गर्नु भनेको सरकारमा जानु होइन, सरकारभन्दा बाहिर रहेर पनि मधेशको अधिकार लिन सकिने बताउँदै उहाँले सविधान संशोधान भएसम्म सरकारको बारेमा मोर्चाका नेताले सोच्न पनि नहुने धारणा राख्नुभयो ।

 तीन बुँदे सहमति भएको दोस्रो दिनमा मन्त्रीपरिषद्ले गरेको निर्णय सकारात्मक भएपनि त्यसमै विश्वास गर्ने आधार छैन, उहाँले भन्नुभयो, यसअघिका सरकारले पनि यस्तै निर्णयहरु गरेका थिए तर कतिपय अवस्थामा कार्यान्वयन भएन । त्यसैले यो वर्तमान सरकारको क्रियाकलाप हेर्न बाँकी नै छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..