» » नौ वर्षीया बालक कमाए महिनाको २० हजार रुपियाँ


बारा, भदौ १२ गते । मनले चाहेभने के गर्न सक्दिैन् । एक ९ वर्षीया बालकले मासिक बीस हजारसम्म कमाएर उदाहरण बनेर देखाएका छन् ।

बाराको महेन्द्र अर्दश च्युटाहा गाविसका बिनोद ठाकुरका ९ वर्षीया छोरा नितेश ठाकुरले दैनिक सैलुनमा गएर कम्ती ५ सयदेखि एक हजारसम्म कमाएर विद्यालय जाने गरेका छन् । आफू कक्षा ४ मा अध्ययनरत रहेका नितेशले बाबुलाई सधाउन दैनिक आप्mनै सैलुनमा काम गर्ने गरेको र पढाइ पनि समयमा गर्ने गरेका बताएका छन् ।

कपाल काट्ने र दाढी बनाउने सैलुनको कुर्सीमा नभ्याएपनि कुर्सीको बाही वा कपाल कटाउने सेवाग्रहीको जीउमा बसेर सेवा दिदै आएको नितेशले बताउनुभयो ।

बुबा भन्दा आफुलाई सबैले मन पराउने तथा बिचबिचमा हसाउने गरेकाले आफू नभएको बेला सेवाग्रही रित्तै फर्किने गरेका नितेशले जानकारी दिनुभयो ।

च्युटाहाको हरनैया चोकमा खोलिएको सैलुन पसलमा प्रति ग्राहक कपाल काटेको ३० र दाढी काटेको २० रुपैयाँ लिने गरेको उनले बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..