» » शुक्रवार भएको बस दुर्घटनामा सातजना शिक्षकको मृत्यु, अझै ११ जना वेपत्ता


गौर, भदौ १३ गते । नारायणघाट–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ्मा भदौ १० गते विहान भएको बस दुर्घटनामा रौतहटका सात जना शिक्षकको मृत्यु भएको छ ।

नेपाल शिक्षक महासंघको आव्हानमा हिजो एक दिन रौतहटका सबै शिक्षण संस्थाले शोक मनाउँदै विद्यालयको पठनपाठन बन्द गरेको थियो । शिक्षा सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षकका लागि पोखरामा शनिवार लिने परीक्षामा सहभागी हुनका लागि पोखरा प्रस्थान गरेका थिए ।

दुर्घटनामा मृत्यु हुने शिक्षकहरुमा नेमधारी बसुदेव उच्च माध्यमिक विद्यालयमा कार्यरत अस्थायी शिक्षक चित्ररञ्जन यादव, श्री प्राथमिक विद्यालय गौरमा कार्यरत राहत शिक्षक संध्या श्रीवास्तव, निम्न माध्यमिक विद्यालय बेलबिछुवाका राजेशप्रसाद यादव, मावि मठियाका गणेश साह, भेडियाही माविका कमलेश साह रहेका छन् ।

यसैगरी मुडवलवा घर भई मकवानपुरमा अध्यापन गराउँदै आउनु भएका राहत शिक्षक रामबालक साह समेतको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन अनुसार यात्री सँख्या जनाउने चलानी पुर्जीअनुसार गौरबाट ३० जना, चन्द्रनिगाहपुर काउण्टरबाट नौजना यात्रु लिएर बिहीबार साँझ करिब ७ बजे छुटेको ग १ ख ३७०९ नम्बरको बिन्दबासिनी ट्राभलस बस दुर्घटनामा १९ पुरुष र तीन महिलाको मृत्यु भएको थियो ।

बसमा गौर चन्द्रनिगाहपुर खण्डको बीचबीचबाट चढेका यात्रुको भने कुनै अभिलेख नभएको कारण यात्रुको सँख्या अझै एकिन हुन सकेको छैन । बसमा यात्रा गर्ने यात्रुका आफन्तले दिएका जानकारी अनुसार अझै ११ जना यात्रु बेपत्ता छन् । बेपत्ताका आफन्तले बेपत्ताको  खोजी गर्न जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिएका छन् ।

निवेदनअनुसार बेपत्ता हुनेहरुमा रौतहट गरुडाका सञ्जयकुमार यादव, मुडवलाका रामबालकप्रसाद जैशवाल, रविरञ्जन यादव, मुकेशराम छन् । यसैगरी रौतहट राजपुर फरहदवाका ललनकुमार कलवार, खेसरहियाका विश्वनाथ साह,  झुन्खुनवाका दिपेन्द्र साह, कटहरियाका शम्भुप्रसाद यादव, गौर नगरपालिकाका राकेशकुमार गुप्ता, चन्द्रनिगाहपुरकी पुनमदेवी साह र सर्लाही सुदामाका राजिवकुमार सिंह रहेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..