» » नेपाल यसरी परे विदेशीको छत्रछायाँमा


-बीपी यादव
उग्रराष्ट्र्वादी देखाउने र नेपाल कहिले पनि विदेशीको छत्रछायामा पुगेन भन्ने देखाउनको लागी अशोकको यो प्रमाणलाई नै ओझलमा पार्ने कामहरु गरेको पाइन्छ ।

नेपालको विषयमा अनेक थरिका विचार राष्ट्रियताको सम्बन्धमा आएको छ इतिहासले के भन्छ कि अशोकको आगमनः मगधका राजा अशोक महान, नेपालको लुम्बिनीमा आएका थिएर उनी नेपाल उपत्यकामा पनि आएको भन्ने कुरा भाष वंशावलीमा देखिन्छ ।

लुम्विनीमा कलिङ्गको रक्तपातपूर्ण यूद्धपछि बुद्ध धर्मअपनाएका अशोकले त्यस पछिको कालहरुमा धर्म विजय गर्दा नेपालसमेतलाई जितेको भन्ने पनि लेखिइको पाईन्छ । काठमाण्डौं उपत्यकामा अशोकको आगमन वारेमा विवाद भए पनि लुम्बिनीमा भने अशोक गएको कुरा प्रमाणित छ ।

उनी ईशापूर्व २४५ तिर त्यहाँ गएका थिए र बुद्ध जन्मेको स्थानमा अशोक स्तम्भ खडा गरी बुद्ध जन्मेको स्थानको निर्धारणसमेत गरेका थिए । उनले निक्लिहवा देवदह लगायतका बुद्धसम्बन्धी स्थानमा पनि स्तम्भहरु खडा गरेको पाइन्छ । अशोकले आप्mनो धार्मिक यात्रा लुम्बिनी बाट सुरु गरेका थिए त्यो लुम्बिनी क्षेत्रलाई धार्मिक कर भूमिकरमा माफि दिई, बुद्ध जन्मस्थलको संरक्षणको जिम्मा लिएका थिए ।

हुनतः त्यो अवसथामा लुम्बिनीमा त्यति बाक्लो बस्ती थिएन । तर पनि यो धर्मकर र भूमिकर माफ गरेको भन्ने कुराले के बुझिन्छ कि बस्ती थियो मान्छेको उपस्थिती पनि रहेछ । वर्तमान नेपालको यो क्षेत्र त्यसबेला मगध साम्राज्यअन्तर्गत रहन गएको थियो ।

अशोक स्तम्भको पालि भाषामा ब्राम्ही लिपिमा लेखिएको यो शिलास्तम्भमा राज्याभिषेक भएको बीस वर्ष पुगेका देवताहरुका प्रिय, प्रियदर्शि राजाले स्वयं यहाँ आएर पूजा गरे । यहाँ शाक्यमूनि बुद्ध जन्मेको थिए भनी ढुङ्गाको ठुलो पर्खाल बनाईयो र शिलास्तम्भ खडा गरियो ।

यहाँ भगवान जन्मेको थिए भनी लुम्बिनी गाँउको बलि र अष्ट भाग क्षमा गरियो । अशोकको काठमाण्डौं उपत्यका आउनेवारे मतभेद रहेको छ । तर पनि नेपालमा स्थुंकोको समयमा नेपालमाथि विजय प्राप्त गरेका थिए भन्ने बुझिन्छ ।

नेपालले अशोकलाई कर तिरेर मगधको साम्राज्यको अधिपत्यलाई स्वीकार गरी नेपालमा रजौटाका रुपमा प्रशासन संचालन गर्ने अख्तियारी पाएका थिए भन्ने कुरा देखा पर्दछ । हुन त कतिपयले आफुलाई उग्रराष्ट्र्वादी देखाउने र नेपाल कहिले पनि विदेशीको छत्रछायामा पुगेन भन्ने देखाउनको लागी अशोकको यो प्रमाणलाई नै ओझलमा पार्ने कामहरु गरेका पाइन्छ ।
वशावलीले अशोक नेपाल उपत्यकामा आएका थिए, र उनले ललितपुर सहरको निर्माणसमेत गराएका थिए ।

उनको नेपाल आगमन किराँत राजा स्थँुकोको समयमा भएको थियो । उनी नेपाल आउँदा आफु साथ आफनी छोरी चारुमती पनि लिएर आएका थिए ।उनको विवाह नेपालका एक क्षेत्रीय देवपालसँग गराएर आप्mनो प्रतिनीधिका रुपमा नेपालमा राखेका थिए ।

अशोकले जहाँ जहाँ आप्mनो विजय प्राप्त गरेका थिए त्यस ठाँउमा प्रतिनीधि राख्ने गरेकामा नेपाल विजयलाई महत्व दिई आप्mनी छोरीलाई नै राखेर गएका थिए । नेपालमा गोपालवंशंीय कालको प्रमुख आर्थिक व्यवसाय पशुपालन नै रहेको थियो ।

किराँत शासन सुरु हुन अगाडी गोपाल वंशीय राजाहरुले शासन गरेका कुरा कर्कपेत्रिकामा उल्लेख अनुसार वरसिंह ४९ वर्ष जयसिंह ७१ वर्ष,भूवसिंह ४१ बर्ष,भूलसिंह ४९ वर्ष,भुवनसिंह ४१ वर्ष कार्यकाल बिताए ।

गोपालवंशीय राज्यव्यवस्था लगभग ईशापुर्व १३औं शताब्दीतिर सुरु भएको थियो । गोपालवंशको कालमा नेपाललाई कसैले आफनो अधिनमा लिइन सकेन । गोपालहरुलाई आन्तरिक षड्यन्त्रले शासनवाट हटाई तयस पछि किराँत हरुको राज्य सथापित भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..