» » राज्यमन्त्री भगतले भन्नुभयो, प्रधानमन्त्री भारत जानुअघि सविधान संशोधन प्रस्ताव संसदमा जान्छ

गौर, भदौ १२ गते । उर्जा राज्यमन्त्री सत्यनारायण भगतले अहिलेको संविधान खारेज हुन सक्ने मधेशवादी दलको भनाई निरर्थक रहेको बताउनु भएको छ ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रौतहट आउनु भएको मन्त्री भगतले प्रेस सेन्टर नेपाल रौतहटद्वारा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो कुरा राख्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेशी, जनजाति एवम् उत्पिडनहरुको आन्दोलनको मुद्दा सम्वोधन भएपछि मात्रै संविधान कार्यान्वयन भएको ठहर हुने बताउनु भयो ।

प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) भारत भ्रमण जानुअघि नै संविधान संशोधनको प्रस्ताव दर्ता हुने बताउनु हुँदै उहाँले सरकारको काँधमा संविधान संशोधन गरी कार्यान्वयन गर्ने, तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गर्ने र विभिन्न समयमा विभिन्न वर्ग र समुदायले उठाएको मुद्दाको सम्बोधन गर्नु पर्ने जिम्मेवारी रहेकोले सरकार त्यसै अनुरुप अघि बढ्ने विश्वास दिलाउनु भयो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..