» » मधेशी दललाई तह लगाउने यस्तो छ भित्रि प्लान


नेपाल काँग्रेस र नेकपा (माओवादी) केन्द्रको गठबन्धनले निर्माण हुन लागेको सरकारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मलित संघीय गठबन्धनको माग कसरी पूरा गर्छन् भनि माओवादी र काँग्रेसका लागि टाउको दुखाईको विषय बनेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सहयोग गरेका मधेशी मोर्चा सहज तरिकाले सरकारमा सहभागि हुँदैन भने कुरा ती दुई दलले राम्री बुझेका छन् । त्यसका लागि ती दलका नेताहरुले भित्रभित्रै योजना बनाएका छन् ।

बहुमतीय सरकारका लागि हुने चुनावमा मतदान गराउनका लागि शुरुमा संघीय गठबन्धन वा मधेशी मोर्चाको नामबाट सम्बोधन हुने गरी प्रतिवद्धता ल्याउनेछ । त्यो प्रतिवद्धतामा मधेश, आदिवासी जनजाति, दलित तथा अल्पसँख्यहरुले उठाउँदै आएको माग पुरा गर्ने उल्लेख गर्छन् । र, त्यसैको आधारमा प्रधानमन्त्रीको लागि हुने चुनावमा मधेशी मोर्चाका संसदहरुलाई मत दिन लगाउनेछ । त्यसपछि रह्यो सरकारमा सहभागि हुने कुरा ।

स्रोतका अनुसार माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि दुई दल मिलाएर सानो आकारको एउटा मन्त्रीपरिषद् गठन हुनेछ । सोही मन्त्रीपरिषद्को बैठकले मधेशवादी दलले उठाउँदै आएको मागलाई सम्बोधन गराउने प्रयास हुनेछ । जस्तो, अवस्था हेरेरे मुद्दा फिर्ता, घाइतेलाई उपचार, पीडितलाई क्षतिपूर्ति, समातिएकालाई मुद्दाको प्रकृति हेरेर केहीलाई रिहाय गर्ने काम हुनेछ । संघीय सीमाको विवादका लागि पनि कुनै राजनीतिक समिति बनाउने कुरा आउन सक्छ ।

त्यसपछि मधेशी मोर्चाका नेताहरुलाई सरकारमा आउनका लागि पुनः आग्रह गरिनेछ । त्यो आग्रहपछि सम्भवतः मधेशी मोर्चाका नेताहरु सरकारमा सहभागि हुने विश्वास अध्यक्ष प्रचण्डको छ । काँग्रेसका एक नेताले भन्नुभयो, यदि त्यतिमा पनि मधेशी मोर्चाले मानेन भने संघीय सीमा विवादको कुरा अगाडि बढाउनेछ । अन्त्यमा सविधान संशोधनका लागि प्रस्ताव तयार संसदमा लगिनेसम्मको काम हुन्छ र मधेशी मोर्चालाई सरकारमा मिसाउनेछ । काँग्रेस र माओवादीलाई थाह छ कि एमालेबाहेक यो सविधान संशोधन हुँदैन । सविधानमा गएर अड्किन्छ ।

यस विषयमा राजेन्द्र महतोसँग कुरा गर्दा उहाँले भन्नुभयो, हामीले राख्दै आएको माग लिएर सविधान संशोधन गर्न काँग्रेस र माओवादी तयार हुनु नै ठूलो कुरा हो । उनीहरुले पहिला सविधान संशोधनको प्रस्ताव त संसदमा लैजाओेस् अनि हामी हेर्छौ कि यसलाई संशोधन गर्न को तयार हुुुँदैन ।’ यसमा राजेन्द्र महतोको पनि आफ्नै योजना छ । काँग्रेस र माओवादीले सविधान संशोधन प्रस्ताव लगेपछि यदि एमालेले त्यसलाई समर्थन गर्न तयार भएन भने मधेशबाट बढारिने महतोको चेतावनी छ । यतिकै पनि मधेशमा ओलीप्रति राम्रो छैन, मधेशको माग पुरा गर्न अनाकानी गर्यो भने मधेशबाट एमाले उठिबास हुने महतोको विश्लेषण छ ।

र, यसबाट काँग्रेस र माओवादीलाई पनि फाइदा हुनेछ । यदि संसदमा एमालेले सहयोग गरेन भने यी दुई दलले भन्नेछ, अब एमालेले पास हुन दिँदैन भने हामी के गरौं त्यसपछि मधेशी मोर्चा झन संगठित भएर सरकारलाई सहयोग गर्नेछ भनि सरकारी गठबन्धनको बुझाई छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..