» » मधेशी मोर्चाका प्रतिनिधि गृहमन्त्री निधिलाई भेट्दै

काठमाडौ भदौ १२ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले आज गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर मन्त्रीपरिषद्बाट भइसकेका निर्णयहरुलाई कार्यान्वयनका लागि ध्यानाकर्षण गराउने भएका छन् ।

आज दुई बजे गृहमन्त्रालयमा हुने भेटमा सहिद घोषणा गरी सकेका, छानविन आयोग बनाइ सकेका तथा घाइतेलाई क्षतिपूर्ति दिने निर्णय भइसक्दा पनि कार्यान्वनमा नआएको विषयमा ध्यानाकर्षण गराउनुको साथै बन्दी रिहाय, मुद्दा फिर्ता लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

मोर्चाको तर्फबाट तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत तथा सद्भावना पार्टीका महासचिव मनिष सुमन छलफलमा सहभागि हुने बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..