» » सरकारी कार्यालयमै हुन्छ धुम्रपान

सुनसरी, भदौ १२ गते ।  सरकारले सार्वजनिक क्षेत्रमा धुम्रपान निषेध गरेपनि सरकारी कार्यालय तथा सार्वजनिक ठाउँमा खुल्लम खुल्ला धुम्रपान हुँदै आएका छन् । सुनसरीको सदरमुकाम इनरुवा सहितको सरकारी कार्यालयहरुमा नै धुम्रपान खुला रुपमा भईरहेको देखिएको छ ।

सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६७ अनुसार सरकारी निकाय, शिक्षण संस्था, पुस्तकालय, स्वास्थ्य संस्था, विमानस्थल, सार्वजनिक सवारी साधन, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, चलचित्र हल, होटल, रंगशाला, क्वलहरु, सार्वजनिक सौचालय, उद्योग, कलकारखाना लगायतका स्थानलाई सार्वजनिक स्थल मानिएको छ ।

नेपाल सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण ऐन २०६६, नियमावलि २०६७ ल्याएको ७ वर्ष वितिसत्दा समेत जिल्लामा त्यसको कार्यान्वयन भएको छैन । कार्यान्वयन गर्ने निकाय जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको परिसर भित्रै पोशाकमै कर्मचारी, सेवाग्राही दुवै खुला तथा जथाभावि रुपमा धुम्रपान र मध्यपान गर्ने गरेको प्रशस्त पाइन्छ ।

त्यसैगरी जिल्ला विकास समितिको कार्यालय , इनरुवा नगरपालिका, जिल्ला शिक्षा कार्यालय , नापि कार्यालय, मालपोत कार्यालय , कोष तथा लेखा नियन्त्रण कार्यालय सहितका ४० भन्दा बढी कार्यालयमा कार्यालयको परिसर भित्रै नै त्यो पनि पोशाकमै कर्मचारीले धुम्रपान र मध्यपान गरेको गुनासोहरु भइरहेको छ ।
यता सुर्तिजन्य पदार्थ नियन्त्रण तथा अनुगन गर्ने र कार्यवाहीसम्म सिफारीस गर्ने जिल्ला कार्यान्वयन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले यो काम समस्याको रुपमा रहेको बताउनुभयो ।

वहाँले सूर्तिजन्य पदार्थ निषेध क्षेत्र उल्लेख गरिएको होडिगं वोर्ड र व्यानर समेत कार्यालयमा  राखिएको भएपनि कार्यान्वयन नभएको स्विकार गर्नुभयो । सूर्तीजन्य पदार्थ खाने कार्यालयका सहयोगीदेखि कर्मचारीसम्म र खरिदारदेखि अधिकृतसम्म छन् ।

कार्यालय समयमा  त्यो पनि कार्यालयको परिसर र कतिपयले कार्यकक्षमै खैनी, चुरोट, मादकपदार्थ सेवन र पान खाएर कार्यालयमा आउने तथा जथाभावी थुक्ने गरेको सेवाग्राहीहरुको आरोप छ ।

ऐनमा १ सय रुपियाँदेखि ५ सय रुपियाँसम्म कार्बाहि गर्ने व्यवस्था रहेपनि त्यसको व्यापक रुपमा उलंघन भइरहेको छ ।

सुर्तिजन्य पदार्थ नियन्त्रण ऐन २०६६ ले सार्वजनिक स्थानमा चुरोट खानेलाई एकसय रुपिंयाँ र जथाभावी ठुटो फालेर फोहोर गर्नेलाई पाँचसय रुपिया जरिवाना गर्ने व्यवस्था रहेको उल्लेख गरेको छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..