» » माओवादीले छाने पाँच मन्त्री, प्रभु साह किन भए ब्याक


काठमाडौ साउन ३० गते । नेकपा माआवादी केन्द्रले आज पाँच जना मन्त्रीको नाम चयन गरेको छ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको नामबारे आइतबार विहान निकटवर्तीहरुसँग छलफल गर्नुभएको थियो ।

छलफलपछि माओवादी केन्द्रबाट ५ जना मन्त्रीहरु छानिएका छन् । जसमा ऊर्जा मन्त्रीमा जनार्दन शर्मा प्रभाकर, सञ्चार मन्त्रीमा राम कार्की, स्थानीय विकाश मन्त्रीमा हितराज पाण्डे र शिक्षा मन्त्रीमा डीआर पौडेल परेका छन् भने मधेसबाट सिराहाका समानुपातिक सांसद अजय शंकर नायक कानुनमन्त्रीमा चयन हुनु भएका छ ।

यसअघि धेरै चर्चामा रहेका प्रभु साह (तेली) भने मन्त्रीको कोटामा पर्नुभएको छ । साहले कानुन मन्त्रालय लिन इन्कार गर्दै स्थानीय विकास मन्त्रालय माग गर्नुभएको थियो । हितराज पाण्डेले स्थानीय विकास मन्त्रालय छाड्न नमानेपछि साह ब्याक हुनु भएको हो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..