» » जितेन्द्र देवले भन्नुभयो, भारतलाई नेपालले हेर्नुे दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ ।

काठमाडौ भदौ १ गते मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले भारतलाई नेपालले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

राजधानीमा आयोजित एक कार्यक्रमा नेता देवले भन्नुभयोे, ‘हिजो पञ्चायतकाल, प्रजातान्त्रिक काल र आजको संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत उही नीति कसरी हुन्छ, त्यसैले अहिले हामीले दृष्टिकोणमा परिवर्तन गर्न जरुरी छ ।’

नेपालको भारतसँगको विदेश नीति डोमिनेटेड रहेको भन्दै अब नयाँ ढंगले सुत्रीकरण गरेर अघि बढ्नुपर्नेमा नेता देवको जोड थियो । उहाँले नेपाल र भारतबीच समदुरीको नीति हुनै नसक्ने भन्दै अब वस्तुनिष्ठको नीति अनुसार अघि बढाउनुपर्ने बताउनुभयो ।

नेपालले भारत र चीन दुवैसँग उतिकै प्रगाढ सम्बन्ध कायम गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले अघि थप्नुभयो, ‘दुवै छिमेकीहरुसँग नेपालले राम्रो सम्बन्ध राख्नुपर्छ, दुवै देशको आर्थिक विकासबाट फाईदा लिनुपर्छ ।’

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रन्जित रायको उपस्थिति थियो ।





About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..