» » ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद, के योजना थियो त्यसको ?


दाङ, भदौ १५ गते । जिल्लाको बिजौरी–९ छिल्लीकोट बस्ने ३३ वर्षीय ओमप्रकाश पुनलाई ४० थान विस्फोटक पदार्थ डिटोनेटरसहित मङ्गलबार दाङमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले दिनुभएको जानकारीअनुसार पुनले घरमा अवैध विस्फोटक पदार्थ लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा निजलाई विस्फोटक पदार्थसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका पुनलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको प्रहरी प्रमुख सिंहले बताउनु भयो ।

यसैबीच, हतियार देखाएर जबर्जस्ती करणी गरेको अभियोगमा छिल्लीकोटकै ३३ वर्षीय धनबहादुर पुनलाई मङ्गलबार प्रहरीले लमहीबाट पक्राउ गरेको छ ।

गत असार ८ गते जबर्जस्ती करणी गरी कतै भनेमा ज्यान नै मार्ने धम्की दिएर फरार रहेका धनबहादुरलाई लमहीबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सिंहले बताउनुभयो ।

पक्राउपछि हतियारबारे नीजलाई सोधखोज गर्दा सोही ठाउँका २२ वर्षीय कमल ओलीलाई राख्न दिएको भन्ने बयान दिएपछि मङ्गलबार नै प्रहरीले एक थान कटुवा पेस्तोल, एक राउन्ड गोलीसहित कमल र अन्य एक व्यक्तिलाई पनि पक्राउ गरेको सिंहले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..