» » महिलाको नाममा जग्गा पास गराउनेको वृद्धि


मोरङ, साउन ३१ गते । महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय मोरङले महिलाको नाममा जग्गा दर्ता गर्दा छुट दिने व्यवस्था गरेपछि दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

मालपोत अधिकृत गौतम राज अमात्यका अनुसार गत आर्थिक वर्षमा मालपोत कार्यालय विराटनगरबाट १० हजार ३१५ महिलाको नाममा जग्गा रजिस्ट्रेसन भएका छन् । त्यस अवधिमा जम्मा २५ हजार ९९० जग्गा दर्ता भएका थिए । ती जग्गा दर्ताबाट रु ३३ करोड ४३ लाख ९६ हजार ७१ राजस्व सङ्कलन भएको छ ।

महिलाको नाममा दर्ता भएका जग्गामध्येबाट रु पाँच करोड ३९ लाख, ५६ हजार ६८३ राजस्व छुट पाएका छन् । आव २०७१÷०७२ सालमा ३१ हजार १७९ जग्गा दर्ता भएका छन् । दर्ता भएका जग्गामध्येबाट १२ हजार ७२८ महिलाको नाममा रजिस्ट्रेसन भएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..