» » पूर्व सिँचाई मन्त्री यादवले प्रधानमन्त्री प्रचण्डलाई यसरी दिनुभयो शुभकामना

काठमाडौ साउन २१ गते । नेकपा (माओवादी) केन्द्रका पोलिटब्यूरो सदस्य एवं निवर्तमान सिँचाई मन्त्री उमेशकुमार यादवले नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको छ ।

साउन १९ गते व्यवस्थापिका संसदको बहुमत मतबाट विजय भएर प्रधानमन्त्री बन्नु भएका प्रचण्डले बाँकी रहेका शान्ति प्रकृयाका काम, सविधान कार्यान्वय तथा मधेशको समस्या समाधानमा विशेष ध्यान दिनुहुनेछ भनि आफूले विश्वास लिएको बताउनु भयो ।

सहारा टाइम्ससँग कुरा गर्दै पूर्व मन्त्री यादवले १० वर्ष जनयुद्ध गरेर देशमा ल्याउनु भएको परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको काँधमा नै रहेको बताउनु भयो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले सविधान निर्माणमा देखाउनु भएको साहस कारणले आज नेपालमा गणतान्त्रिक सविधान हेर्न पाएको उल्लेख गर्दै मन्त्री यादवले त्यसलाई कार्यान्वयन गराउने जिम्मेवारी पनि उहाँकै काँधमा आएको बताउनुभयो ।

सप्तरी क्षेत्र नं. ३ सांसद समेत रहनु भएका मन्त्री यादवले प्रचण्डमाथि देशले ठूलो आशा र विश्वास गरेको बताउँदै आशा र विश्वासलाई उहाँल पूरा गर्नुहुन्छ भन्ने कुरामा आफूलाई विश्वास लागेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, मधेशबाट चुनाव जितेर आज उहाँ प्रधानमन्त्री बन्नु भएको कारणले मधेशी जनता अरु भन्दा अलि अपेक्षा गरेको छ । मधेश त्यो पनि सिरहा जिल्लाबाट जितेर यसरी प्रधानमन्त्री बनेको उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । र उहाँले मधेशको अपेक्षालाई पनि ख्याल गर्नुहुन्छ भनि मलाई विश्वास लागेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..