» » प्रेस फोरमद्धारा साधारणसभाको माग


सप्तरी साउन ३२ गते । सङ्घीय प्रेस फोरम सप्तरीको बैठकले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको वर्तमान समस्याको समाधान एक मात्र उपाय साधारणसभा रहेका ठहर गरेको छ ।

बैठकले साधारण सभाकालागि पहल गर्न फोरमका अध्यक्ष श्यामसुन्दर यादव र सचिव जितेन्द्र कुमार झालाई जिम्मा दिने सर्वसम्मत निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ सप्तरीको कार्यसमितिमा रहेका सङ्घीय प्रेस फोरमका जिल्ला उपाध्यक्ष बृजमान तामाङ्ग र सदस्य भूषण सिंहलाई महासंघ शाखाको साधारणसभाको पक्षमा स्पष्ट धारणासहित कार्यसमितिलाई सहयोग गर्न बैठकले सर्वसम्मत निर्णय गरेको छ ।

तेस्रो मधेश आन्दोलनको वार्षिकीको अवसरमा सङ्घीय समावादी फोरम नेपालले घोषणा गरेको साताव्यापी कार्यक्रम अन्तर्गत भदौ ७ गते विहान राजविराज स्थित रक्तसञ्चार केन्द्र परिसरमा प्रेस फोरम सप्तरीले रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..