» » भारतीय राजदूतले भन्नुभयो, नेपाल भारतबीच सम्बन्ध बिग्रिनु भारतको हकमा राम्रो होइन


काठमाडौं, १ भदौ । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले छिट्टै नेपाल–भारतवीच द्धिपक्षीय उच्च तहको भ्रमण हुने बताउनु भएको छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नु हुँदै राजदुत रायले छिट्टै दुई देशका उच्च तहको भ्रमण हुने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘द्धिपक्षीय उच्च भ्रमण तय गर्नको लागि पनि नेपालका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि भोलि दिल्ली जाँदैहुनुहुन्छ ।’

उहाँले मन्त्री निधिको भारत भ्रमणले नै भारतको राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र नेपालका राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण मिति तय गर्नेमा केन्द्रित रहने जानकारी गराउनुभयो ।

राजदुत रायले द्धिपक्षीय उच्च भ्रमण हुन आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, ‘नेपाल–भारतवीच द्धिपक्षीय उच्च भ्रमण हुन जरुरी छ, यस्ता किसिमको भ्रमण र अन्र्तक्रियाले आपसी सम्बन्ध सुमधुर बनाउँछ ।’ यद्धपी राजदुतले भ्रमणको मिति भने अहिले नै तय नभएपनि आफहरु भ्रमण मिति तय गर्नको लागि गृहकार्यमा जुटेको स्पष्ट पार्नुभयो ।

भारतले एक्लै उक्त लक्ष्य हासिल गर्न नसक्ने भन्दै उहाँले भन्नुभयो, छिमेकमा शान्ति र स्थिरता हुनुपर्छ भन्ने भावानाका साथ नै भारतले छिमेकी पहिलो प्राथमिकतामा राखेका छौ । उहाँले अगाडि थप्नुभयोे, ‘छिमेकमा अस्थिरता भयो भने भारतमा पनि अस्थिरता हुन्छ, भारतमा अस्थिरतमा भयो भने छिमेकी मुलुकमा पनि अस्थिरता हुन्छ, त्यसैले  यो एक अर्को देशको लागि म्युच्युल ईन्ट्रेष्ट हो ।’

कहिलेकाहीँ भारतले नेपालमा अस्थिरता चाह्यो भन्ने आरोप लगाउने गरेको आफूले सुनेको भन्दै राजदुत रायले खण्डन गर्दै भन्नुभयोे, ‘यो त स्वयम् भारतको हितको विपरितमा छ, किनकी नेपालमा अस्थिरता भयो भने भारतको विकासमा पनि असर पर्छ नि, त्यसैले भारतले कहिलेपनि त्यस्तो अस्थिरता चाहँदैन् ।’

‘नेपाल–भारतवीच खुल्ला सिमाना छ, जनता जनतावीच प्रगाढ सम्बन्ध छ, कुनै नदी नेपालबाट बगेपनि गंगामा मिसिन्छ, त्यसैले मलाई लाग्छ कि एक देश अर्को देशमा यस्तो अस्थिरता चाहन्छ भन्ने भावना कसैको मनमा पनि आउनै हुँदैन् ।’ उहाँले भन्नुभयो । नेपाल–भारत सम्बन्धमा धेरै उतारचढाव र चूनौति आएको कुरा स्विकार्दै राजदुत रायले भन्नुभयो, ‘चूनौतिले सम्बन्धलाई अझै मजबुत बनाउँछ, बलियो बनाउँछ, वर्तमान सम्बन्धमा केही मतमतान्तर देखियो भन्दै यसले दिर्घकालिन असर पर्छ भनेर कसैले पनि सोच्नुहँदैन् ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..