» » गृहमन्त्री निधि समक्ष मधेशी मोर्चाका नेताले गरे यस्तो गुनासो

काठमाडौ भदौ १२ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गठन गरेको कार्यदलले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भेटी तीन बुँदे सम्झौता कार्यान्वयनमा ढिलाई भएको भन्दै गुनासो गरेको छ ।

आज गृहमन्त्रालयमा मन्त्री निधिसँग भेटेर तीन बुँदे सम्झौता कार्यान्ुवयनमा के कति कारणले ढिलाई भएको भन्दै सहमति भएका विषय कार्यान्वयन गराउन माग गरेको तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बताउनुभयो ।

 मधेशी मोर्चाले मधेश तथा पहाडमा भएको आन्दोलनमा मृत्यु भएका ६८ जनाको नाम सहिदका लागि गृहमन्त्रालयमा बुझाएको थियो तर त्यसमध्ये ५२ जनालाई सहिदको घोषणा गरेका छन्, त्यसप्रति मोर्चाका नेताहरु गुनासो गरेका थिए ।

आन्दोलनका घाइतेले उपचार खर्च नपाएको, आन्दोलनका क्रममा पक्राउ परेकाहरु रिहाय नभएको, आन्दोलनका क्रममा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता नभएको र हालसम्म छानविन आयोगले पूर्णता नपाएको सम्बन्धमा पनि ध्यानाकर्षण गराएको नेता यादवले जानकारी गराउनु भयो ।

यी सबै विषय मन्त्रीपरिषद्को बैठकले पनि निर्णय गरिसकेको छ तर कार्यान्वयनमा नआएकाले ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

तीन बुँदे सम्झौतामध्ये तीन नम्बरको कार्यान्वयन त्यही दिन भयो भने दुई नम्बरमा सहिद घोषणा गर्ने, घाइतेलाई निशुल्क उपचार, बन्दी रिहाय, मुद्दा फिर्तालगायतका रहेका छन् । यी मागको बारेमा पनि मन्त्रीपरिषद्ले निर्णय गरिसकेको छ । एक नम्बरको बुँदा जसमा सविधान संशोधनसँग सम्बन्धित विषय रहेको छ ।

सिमाङ्कनलगायतका विषयमा राजनीतिक सहमति गरि सविधान संशोधन गर्ने कुरा रहेको छ । जसको प्रकृया हालसम्म किन अगाडि नबढेको गुनासो मोर्चाका नेताहरुले गरेपछि गृहमन्त्री निधिले सविधान संशोधनको विषयमा कानुनविद तथा सरोकारवाला दलसँग छलफल भइरहेको र यो प्रकृया चाँडै अगाडि बढ्ने मन्त्री निधिले आश्वासन दिनुभएको हो ।

यसै विषयमा छलफल गर्न तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भदौ १० गते प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई भेट्नु भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले आफू भारत भ्रमणमा जानु अघि सविधान संशोधनको प्रकृया अगाडि बढाउने प्रतिवद्धता जनाउनु भएको थियो ।

आन्दोलनको क्रममा ५२ जनाको मृत्यु भएको पुष्टि भएको कारणले उनीहरुलाई सहिद घोषणा गरेको र बाँकीको बारेमा पनि छानविन भइरहेको छ । छानविनपछि आउने प्रतिवेदनका आधारमा बाँकीलाई पनि सहिद घोषणा गर्ने आश्वासन मन्त्री निधिले दिनुभएको छ ।

घाइतेहरुले उपचारका लागि पाउने रकम अर्थ मन्त्रालयबाट माग गरिएको र रकम आउने वित्तिकै वितरण गरिने जानकारी पनि मधेशी मोर्चाका नेताहरुलाई उहाँले गराउनु भएको थियो ।

आन्दोलनका क्रममा पक्राउ परेकाहरुको हकमा कानुनी प्रकृया शुरु भइसकेकाहरु छुटाउनका लागि कानुनी प्रकृया पूरा गर्नुपर्ने भएकाले केही समय लाग्ने र जसको कानुनी प्रकृया शुरु भएको छैन त्यसलाई तत्कालै छाड्ने आश्वासन निधिले दिनु भएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..