» » मधेशी मोर्चा र सरकारी गठबन्धन सहमति नजिकः सिमांकनमा छलफल हुँदै


काठमाडौ साउन १८ गते । हिजो राती अवेरसम्म तीन पक्षीय कार्यदलमा मधेशी मोर्चाको मागमा कुरा नमिलेपछि अहिले शीर्ष तहमा छलफल शुरु भएको छ ।

संसदीय भवन बानेश्वरमा शुरु भएको शीर्षतहको बैठकमा मुख्य सिमांकनको कुरा राजनीतिक सहमतिमा कसरी टुगों लगाउने रहेको कार्यदलका एक नेताले बताउनु भयो । स्रोतका अनुसार संघीयताको सिमांकनमा कुरा मिलेपनि पहिचानसहितको संघीता बनाउने कुरामा सहमति भइरहेको छैन ।

यद्यपी सहिद घोषणा गर्ने, सहिद परिवारलाई क्षतिपूर्ति दिने, घाइतेलाई उपचार, मुद्दा फिर्ता र थुनामा रहेकालाई रिहाय गर्ने विषयमा सहमति भइसकेको र पहिलो मन्त्रीपरिषद्को बैठकबाट त्यसलाई टुग्यांउने सहमति हुन गइरहेको बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..