» » सद्भावनामा १३१८ जना प्रवेश


सुनसरी भदौ १५ गते । हरिनगरामा सद्भावना पार्टीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ कार्यकर्ता तथा नेताहरु पार्टी प्रवेश गरेको प्रवक्ता सन्तोष मेहताले जानकारी दिनुभएको छ ।

प्रवेश गर्नेहरुमा हरिनगरा गाविस पूर्व अध्यक्ष सुगदेब मेहता, फोरम लोकतान्त्रिकका गौतमपुर गाविस पूर्व अध्यक्ष देवनरायण मेहता, नेपाली काँग्रेसका क्षेत्रीय स्तरीय नेता शनिश्चर मेहता, राप्रपाका क्षेत्रीय नेता पन्नालाल मेहता, नेकपा माले जिल्ला सदस्य नन्देश्वर मेहता, जनतान्त्रिकका केन्द्रिय सदस्य मनोज मेहता, रमलाल मेहता सहित १३१८ जना रहेको मेहताले जानकारी गराउनु भयो ।

कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, पार्टी प्रवक्ता सन्तोष मेहता, केन्द्रिय सदस्य दिलिप धाडेवाल, तेन्जिङ लामा, रामचन्द्र मेहता सहितका नेताहरूले मन्तव्य राख्नु भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..