» » दाईजो कारण आश्रुनलाई कुटपिट गर्ने पक्राउ


नेपालगन्ज, साउन २६ गते । दाइजो नल्याएको भन्दै कुटपिट गर्ने वसिम जोलाहा र वसिमकी आमा बाबादैया जोलाहालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।

दुई वर्षअघि मागी विवाह गरेका नेपालगन्ज–१९ बालेगाउँका आस्रुन जोलाहाका २४ वर्षीय श्रीमान् वसिम जोलाहा र उनकी आमा बाबादैया जोलाहालाई कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले हिजो पक्राउ गरेको हो ।

कुटपिटमा संलग्न ससुरा सब्बिर जोलाहा र काका नसिम जोलाहा फरार रहेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएकी आस्रुनले श्रीमान्, सासू, ससुरा र श्रीमानको भाइ पर्ने नसिम जोलाहाले कुटपिट गरेको प्रहरीसमक्ष बयान दिएको आधारमा प्रहरीले उहाँहरुलाई पक्राउ गरेको हो । आँखामा गहिरो चोट कुटपिटबाट उनका दुवै आँखामा गहिरो चोट लागेको छ ।

साउन २३ गते कुटपिटबाट गम्भीर घाइते भएकी आस्रुनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

उहाँहरूले पीडित आस्रुनको परिवारसँग दहेज स्वरुप पटक–पटक लाखौँ रकम माग्दै आएको र दाइजो नल्याए अरू व्यक्तिसँग विवाह गराइदिने धम्की दिँदै गरेको कुरा बाहिर आएको प्रहरीले जनाएको छ ।

०७१ सालमा आस्रुनको मागी विवाह भएको थियो । काका ससुरा नसिमले नै वसिम अन्सारीका लागि केटी मागि दिनु भएको थियो । अहिले तिनै नसिमले सासू, ससुरा र श्रीमानलाई उक्साएर कुटपिट गरेको पीडित आस्रुनले प्रहरीलाई भन्नुभएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..