» » मानो नमानो मै तेरा मेहमान जस्तै गच्छदारको अवस्था


काठमाडौं भदौ १० गते । नेपाल काँग्रेस र नकेपा माआवादी केन्द्रको गठबन्धनले यता मन्त्रीपरिषद् विस्तार गरेको छ भने उता मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सम्मानजनक सहभागिता गराए मात्र सरकारमा जाने निर्णय सार्वजनिक गर्नुभएको छ ।

मधेशका एक राजनीतिक टिप्पणीकारले टिप्पणी गर्दै भन्नुभयो, यस्तैलाई भन्छन्, मानो या नमानो मै तेरा मेहमान, सत्ता गठबन्धनले सरकारमा ल्याउनै चाहेका छैन तर गच्छदारले पटक पटक सम्मानजनक सहभागित भए मात्र सरकारमा सहभागि हुने भन्नुहुन्छ ।’

बरु सत्ता गठबन्धनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सरकारमा आउन पटक पटक आग्रह गरेको छ तर गच्छदारको चर्चा पनि छैन । बरु उहाँले नै उल्टै प्रधानमन्त्री प्रचण्डलाई फोन गरि सरकारमा लिन आग्रह गर्नुभएको छ र सो कुरा आज उहाँले आफैले खुलासा गर्नुभएको छ ।

उहाँले शुक्रवार पत्रकार सम्मेलन गरी मन्त्री नियुक्त हुन बाँकी रहेका मन्त्रालयमा आफूहरुलाई पठाए नजाने पनि भन्नुभएको छ ।

हाल महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, पशुपंक्षी विकास मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय र खानेपानी तथा सरसफाइ मन्त्रालयमा मात्र मन्त्री पठाउन बाँकी रहेको छ ।

उहाँले भन्नुभयो–‘अहिले जुन् मन्त्रालय खाली छन् ती मन्त्रालयका लागि पार्टी सरकारमा सहभागी हुँदैन, सम्मानजनक मन्त्रालय दिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेको पनि बताउनुभयो ।

सरकारले स्थानीय तहको सँख्या ५६५ बनाएकोप्रति आपत्ति जनाउँदै स्थानीय तहको सँख्या एकहजार एकसय
बनाइनुपर्ने धारणा फोरम लोकतान्त्रिकको छ । अहिलेको सिमांकनको विवाद मिलाउन झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई टुक्राएर पनि समाधान गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । भदौं सात गतेदेखि १० गतेसम्म पार्टी कार्यसम्पादनको बैठक बसेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..