» » पाँचजना मन्त्रीमा एकजना मधेशीः प्रचण्डको सरकार पनि समावेशी नहुने लक्षण


काठमाडौ साउन २० गते । आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ सहित पाँचजना मन्त्रीले सपथ खाएको छ ।

त्यमध्ये एकजना मात्र मधेशी अनुहार परेको छ । जहाँ आधाआधीको कुरा चलिरहेको बेला पाँचजनामा एकजना पर्नु मधेशप्रतिको अवहेलना हो । त्यसमा पनि माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीबाट एकजना पनि मधेशी अनुहार पठाएको छैन ।

काँग्रेसले आफ्नो पार्टीबाट पठाएको दुईजना मध्ये एकजना विमलेन्द्र निधि मधेशी हुनुहुन्छ । उहाँ उपप्रधान तथा गृहमन्त्री बन्नु भएको छ । त्यस्तै रमेश लेखक भौतिक योजना तथा यातायात मन्त्री बन्नुभएको छ ।

यसैगरि माओवादीबाट प्रधानमन्त्रीमा कृष्णबहादुर महरा तथा दलजीत श्रीपाली युवा तथा खेलकुद मन्त्री र गौरी शंकर चौधरी कृषिमन्त्री बन्नु भएको छ ।

फोटोः रातोपाटी

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..