» » स्थानीय निकाय पुनसंरचना सम्बन्धि कार्यक्रमलाई मधेश मोर्चाले विथोले


सप्तरी साउन २६ गते ।  स्थानीय निकाय पुनर्संरचना सम्बन्धी  आयोजित परामर्श बैठकमा मधेसी मोर्चाका कार्यकर्ताले हस्तक्षेप गरी कार्यक्रमलाई अवरोध गरेको छ ।

जिल्ला विकास समिति सप्तरीको सभाकक्षामा भइरहेको बैठकमा प्रवेश गरी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कार्यकर्ताहरुले हुलहुज्जत गर्दै नाराबाजी गर्नुका साथै उक्त बैठकको माइन्युट् खोसेर जलाई दिएको छ ।

मोर्चाका नेताहरुले  प्रदेश सीमांकन कै विषय टुंगो नलागेसम्म स्थानीय निकायको पुनर्संरचना गर्न नहुने मोर्चाका नेताहरुको धारणा रहेको छ ।

साउनको अन्तिम सातासम्ममा स्थानीय निकायको पुनर्संरचा गरी नाम र केन्द्र तोकेर पुनर्संरचना आयोगमा पठाउनुपर्ने पत्र अनुसार परामर्श गर्न जिल्लास्थित निमित्त स्थानीय विकास अधिकारी धिरेन्द्रकुमार यादवले उक्त बैठक बोलाएका थिए ।

स्थानीय विकास अधिका यादवका अनुसार मोर्चाले गरेको अवरोधपछि स्थानिय निकाय पुनर्संरचना सम्बन्धी बैठक अब अनिश्चित भएको छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..