» » लागु औषधसहित दुई युवा पक्राउ

मोरङ, साउन २६ गते । मोरङको झुर्किया–५ बाट प्रहरीले हिजो साँझ लागु औषधसहित दुई किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झुर्किया–३ बस्ने १६ वर्षीय मनोज राजवंशी र सोही ठाउँका १७ वर्षीय नवीन भट्टराई रहेका छन् ।

सीमा प्रहरी चौकी डोरीयाको टोलीले को २३ प ७०८७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई खानतलासी गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नाइट्राभेट १० थान र नाइट्रोजेपाम ट्याब्लेट १२ थान बरामद गरेको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक हेमकुमार खड्काले जानकारी दिनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..