» » करेन्ट लागेर महराको मृत्यु

पर्सा, भदौ ९ गते । पर्साको पटेर्वासुगौली–४ निवासी भोपु महरा चमारका ४ वर्षीय छोरा दीपक महरा चमारको करेन्ट लागेर मृत्यु भएको छ ।

घरमा रहेको बिजुलीको नाङ्गो तारसँग खेल्ने क्रममा करेन्ट लागेर दीपकको बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्चार्ज प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिनुभयो ।

उनको शव शवपरीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको उहाँले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..