» » तमलोपाको महामन्त्रीमा जितेन्द्र सोनल मनोनित


काठमाडौ भदौ १३ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको असार ६ गतेदेखि ८ गतेसम्म नवपरासीको रामग्राममा भएको पहिलो महाधिवेशनमा महासचिवका उम्मेदवार रहनु भएका जितेन्द्र सोनललाई आज
दुई महिना चारदिन पछि पार्टीले महासचिवमा मनोनय गरेको छ ।

महाधिवेशनअघि महासचिव रहीसकेका सोनललाई पहिलो चरणमा पार्टीका अध्यक्ष महन्थ ठाकुरले मनोनित नगरेपछि उहाँको निकै आलोचना भएको थियो । मधेशमा आन्दोलन जारी रहेको पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष ह्रदयश त्रिपाठी, अर्का उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लालगायतका नेताहरु काठमाडौमा घुमिरहेका थिए त्यतिबेला जितेन्द्र सोनल मधेश आन्दोलनमा होमिएका थिए ।

बारा र पर्साका हरेक आन्दोलन र मोर्चामा सहभागि हुँदै आएका सोनल आन्दोलनकै क्रममा पक्राउ पनि पर्नुभएको थियो । उहाँ थुनामा बसेर रिहाय भएपछि पार्टीले उहाँलाई महासचिवमा त्यसबेला मनोनित गरेका थिए । तर महाधिवेशनमा महासचिवको उम्मेदवार भएपनि उहाँलाई मनोनित नगरेपछि पार्टीमा निकै आलोचना भएको थियो ।

पार्टीको गुटबन्दी तथा जातीय प्रभावका कारण उहाँलाई मनोनित नगरी अन्य अन्यलाई मनोनित गरेपछि पार्टीभित्र आलोचना शुरु भएपछि मात्र बाध्य भएर सोनललाई महामन्त्री बनाएको पार्टी स्रोतले जनाएको छ ।  

तमलोपाले आज जारी गरेको विज्ञप्ति अनुसार महामन्त्रीमा सोनल, सह–महामन्त्रीमा इश्वर दयाल मिश्र, सह–कोषाध्यक्षमा कविन्द्र ठाकुर र सह–प्रवक्तामा कृष्णा सिहलाई मनोनित गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..