» » पत्रकारले नै पत्रकारलाई कुटेपछि महासंघको सदस्यता खारेज


सिरहा भदौ ४ गते । कान्तिपुरका पत्रकार देवनारायण साहलाई कुट्ने पत्रकार विरेन्द्र यादवको नेपाल पत्रकार महासंघको सदस्यता खारेज हुने भएको छ ।

समाचार लेखेको निहुँमा पत्रकार विरेन्द्र यादवले आफ्नो दाजु तथा संस्थाको बारेमा किन समाचार लेखेको भन्दै लहान बजारमा भदौं एक गते पत्रकार साहलाई कुटपिट गरेका थिए ।

कुटपिट गरेर पत्रकार यादव भागेपछि पत्रकार साहको उजुरीको आधारमा प्रहरीले पत्रकार यादवलाई पक्राउ गरेको थियो । पक्राउ गरेर लहानस्थित थानामा एक रात राखेपछि भोली पल्ट त्यहाँको पत्रकार र प्रहरीबीच भएको छलफलमा महासंघ सिरहाका सदस्य रहेका यादवको सदस्यता खारेज गर्ने निर्णय भएको थियो ।

त्यसअघि महासंघ सिरहा शाखाले पनि घटनाको छानविन गर्नका लागि तीन सदस्य कार्यदल गठन गरेको थियो । कार्यदलमा महासंघका पूर्व अध्यक्ष दिनेश्वर गुप्ता, महासघका उपाध्यक्ष गणेश साह र गोरखापत्र सिरहाका पत्रकार सन्तोष सुवेदी थिए ।

कार्यदलले पनि पत्रकार यादव दोषी रहेको र त्यसको सदस्यता खारेज गर्नुपर्ने प्रतिवेदन तयार गरी महासंघका अध्यक्ष देवकुमार यादवलाई बुझाई सकेको छ । र, सो प्रतिवेदन केन्द्रमा समेत पठाई सकेको कार्यदलका सदस्य गणेश साहले बताए ।

दुई गते भएको सहमति अनुसार आइतवारसम्म पत्रकार यादवको सदस्यता खारेज भएको सिफारिश केन्द्रमा नपठाए सोमवार पत्रकार साह कानुन अनुसार अगाडि बढ्ने सहमति भएपछि पत्रकार यादवलाई छाडिएको छ ।

पत्रकार विरेन्द्र यादव असली पत्रकार नरहेको गुनासो पनि आइरहेको छ । उनी ठेक्कापट्टा गर्नुको साथै, चलचित्रमा काम गर्नु, फुटबल खेल्ने काम पनि गरेको स्थानीय पत्रकारहरु बताउँछन् । एक पत्रकारले भने, आजसम्म एउटा पनि समाचार कतै लखेको छ भने दखाई दियोस् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..