» » त्रिपाठीले भन्नुभयो, सविधान संशोधन नभए, सविधान कार्यान्वयन असम्भव

काठमाडौ भदौ १५ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष ह्रदयश त्रिपाठीले सविधान संशोधन नभएसम्म यो कार्यान्वयन नै हुन सक्ने बताउनु भएको छ ।

उहाँले भन्नुभयो, यो सविधान संशोधन भएन कार्यान्वयन असम्भव छ चाहे एमाले चाहुन वा नचाहुन, माओवादीले चाहनुन वा नचाहन वा काँग्रेसले चाहुन वा नचाहुन् । निर्वाचन पनि संभव छैन ।

सविधान संशोधनको मुख्य उद्देश्य सिमांकन नै हो त्यस आलावा, समावेशी समानत्रिुपातिक, भाषा, नागरिकतालगायतका विषयहरु रहेका छन, उहाँले भन्नुभयो, एमालेले जानी जानी विवाद सृजना गरेको छ ।

सिमांकनको विवाद टुगों नलागेसम्म स्थानीय पुनःसंरचना गर्न नहुने बताउँदै त्रिपाठीले प्रदेशका सिमांकन विवादमा ल्याउन एमालेले यो गाउँपालिका र नगरपालिका संरचना गर्न लागेको आरोप लगाउनुभयो ।

ओली आफू प्रधानमन्त्री हुने बेला पटक पटक आफ्ना दुत भारत पठाएका कुराको चर्चा नगरि अहिलेका प्रधानमन्त्री प्रचण्डले दुत पठाउनुलाई विवादमा ल्याउनु राजनीतिक विवाद रहेको उहाँले बताउनु भयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..