» » गच्छदारलाई सरकारमा जानबाट रोक्न मधेशी मोर्चा सफल


काठमाडौ साउन २० गते । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ को सपथग्रहणअघि मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलाई सरकारमा जानबाट रोक्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सफल भएको छ ।

अध्यक्ष गच्छदारले मन्त्रीपरिषद्को पहिलो चरणमा नै आफ्ना दलबाट मन्त्री पठाउने तयारीमा हुनुहुन्थ्यो तर मधेशी मोर्चाले माओवादी र काँग्रेसलाई सरकारमा नलिन दवाव दिएपछि गच्छदार सरकारमा नगएको हो ।

आज आफ्नो संसदीय दलको कार्यालयमा सांसद तथा पार्टीका पदाधिकारीहरुको बैठकमा अध्यक्ष गच्छदारले भन्नुभयो, राजनीतिकमा कहिले काही यस्तै हुन्छ, यसबाट निराश हुने अवस्था छैन । अनुकुल मिलाएर सरकारमा सहभागि हुन पनि सकिन्छ, नहुन पनि सकिन्छ ।’

प्रचण्डलाई प्रधानमन्त्रीमा मधेशी मोर्चाले समर्थन गर्नुको पहिलो शर्त नै गच्छदारलाई सरकारमा नलिनु हो । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका मोर्चाका अन्य नेताहरुले प्रचण्ड र शेरवहादुर देउवासँग भेटेर गच्छदारलाई सरकारमा नलिन दवाव दिनुभएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..