» » नेपाल सद्भावना पार्टीद्धारा बाढी पीडितका लागि राहत प्रदान


जनकपुर, साउन १८ गते । नेपाल सदभावना पार्टी धनुषाले बाढी पिडीतका लागि राहत समाग्री लिएर सप्तरीको लागि प्रस्थान गरेको छ ।

पार्टीका केन्द्रिय महासचिव राजीव झाको अगुवाइमा आज निस्केको टोली सप्तरीको १४७ घरधुरीमा राहत वितरण गर्ने बताइएको छ । बाढिबाट घरबार विहिन बन्न पुगेका सप्तरीबासीक लागि नेपाल सदभावना पार्टीको टोलीले प्रति व्यक्ति चामल, दाल, आलु ,सोयावीन, नुन, साडी, धोती, बच्चाको कपडा, किशोरीका लागि सुट, चाउचाउ, विस्कुट, ब्रेड, मुरही, गन्जी, पेन्ट, सर्ट, पेटिकोट लगायतका समाग्रीहरु रहेको नेपाल युवा मंचका केन्द्रिय अध्यक्ष रोशन सिंह राणााले बताउनुभयो ।

जनकपुरको पार्टी कार्यालयबाट निस्केको १२ जनाको टोलीमा नेपाल सदभावना पार्टीका धनुषा जिल्ला अध्यक्ष सतिस लाल दास ,सचिव शिलाकान्त झा, नेपाल युवा मंचका केन्द्रिय अध्यक्ष रोशन सिंह राणा, पार्टीका केन्द्रिय महासचिव राजीव झा, विद्यार्थी केन्द्रिय उपाध्यक्ष अरुण मधेशी, विद्यार्थी जिल्ला अध्यष रामप्रवेश मंडल, युवा मंच विदेश प्रमुख रुपेश सिंह, राजीव झा, संतोष चौधरी, मुकेश कर्ण, सन्तोष मुखिया, अप्पु मल्लिक लगायतक रहेक छन् ।

नेपाल सदभावना पार्टीले यसभन्दा पहिले पनि भुकम्प पिडीत र सप्तरीमै भएको अग्नी पिडीतमा सक्रिय सहभागीता जनाई पिडीतहरुलाई राहत पुरयाउनमा अग्रणी भुमीका निर्वाह गरेका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..