» » कलाकार र पत्रकारले वितरण गरे राहत


सप्तरी, साउन २७ गते । सप्तरीको दिघवा गाविसका बाढीबाट पीडित रहेका दलित बालबालिकालाई आज लुगा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

मैथिली तथा भोजपुरी सिनेमाकी नायिका डोली सरकार र न्यूज टुडे दैनिकका सम्पादक श्यामसुन्दर यादवको समन्वयमा दुईसय ५० जना दलित बालबालिकालाई उक्त सामग्री वितरण गरिएको हो ।

सप्तरीका वरिष्ठ पत्रकार एवम् इमेज टेलिभिजनकर्मी शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका केन्द्रीय पार्षद् हेमशंकर सिंह, छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर शिवप्रताप साह, सिएफमका सम्वाददाता विद्यानन्द राम, फिल्म निर्देशक सुर्यनारायण साह ‘बैजु’, कलाकार कल्पना सरकार समेतको कलाकार तथा पत्रकारको टोलीले बालबालिकालाई भेष्ट, फ्रक, कुर्ता–सुरुवाल, कापी, कलम, पेन्सिल, कटर, ईरेजर, चाउचाउ र बिस्कुट वितरण गरेका छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाएको रकम तथा स्थानीय कलाकार र पत्रकारहरुको सहयोगमा राहत सामग्री खरिद गरेर वितरण गरिएको नायिका डोली सरकारले जानकारी दिनुभयो  ।

उहाँका अनुसार एनआरएनए एनसीसी साउदी अररबाट उपाध्यक्ष डम्बर यादवले ३५ हजार, मलेसियाबाट महेन्द्र मल्ल ठकुरी, बाबु केसी, डम्बर नेपाली, दिपक परियार र रबि क्षेत्रीले १५ हजार, कतारबाट हृदयनारायण यादवले ५ हजार रुपैयाँ रकम पठाउनु भएको थियो । विभिन्न देशमा कार्यरत नेपाली कामदारहरुले पठाएको रकम तथा आफूहरुले संकलन गरेको रकमबाट राहत सामग्रीहरु खरिद गरी वितरण गरिएको नायिका सरकाले बताउनुभयो ।

स्थानीयवासिन्दा बुद्धिजिवी एवम् युवाहरुको समन्वयमा आयोजित राहत वितरण कार्यक्रममा पूर्व सभासद् असर्फी सदा, दिघवा गाविसका निवर्तमान अध्यक्ष भूपेन्द्र यादव, अवकाशप्राप्त शिक्षक जगदीश हजरा यादव, राजकुमार मण्डल समेतले विशेष सहयोग गर्नुभएको छ ।

खाँडो नदीमा आएको बाढीका कारण दिघवाको मुसहर बस्तीका वासिन्दाहरु केही समयकालागि बिस्थापित भएका थिए । बाढी पीडित बालबालिकालाई लक्षित गरी राहत वितरण गरिएपछि दलित बालबालिका उत्साहित भएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..