» » विजय गच्छदारले भन्नुभयो, उपप्रधानमन्त्री दिए मात्र सरकारमा जाने


काठमाडौ साउन २७ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्री तथा दुईटा मन्त्रालय पाए मात्र सरकारमा जाने स्पष्ट पार्नुभएको छ ।

आज तीन कुनेस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले आफूहरु सरकारमा जान नहतारिएको तथा आफ्नो दलका लागि सरकार गौण कुरा रहेको समेत धारणा राख्नु भयो ।

सञ्चारमाध्यमा चर्चा भएको जस्तो आफू सरकारमा जान नहतारिएको दावी गर्दै उहाँले सम्मानजनक सहभागिता गराए मात्र सरकारमा सहभागि हुने स्पष्ट पार्नुभयो ।

तपाईलाई सरकारमा जान मधेशी मोर्चाले रोकेको हो नि भनि जिज्ञासा उहाँले मधेशी मोर्चाले यस्तो गर्न नसक्ने प्रतिकृया दिनुभयो । आफूलाई पनि सञ्चारमाध्यमबाट यो कुराको जानकारी भएको उल्लेख गर्दै सरकारमा जाने नजाने बारेमा छलफल भइरहेको बताउनु भयो ।

मधेशी, आदिवासी जनजातिहरुले उठाउँदै आएका मागहरु सम्बोधन गर्न सविधान संशोधन गर्नै पर्छ, त्यसका लागि सरकार बाहिर रहेका दलहरुको पनि आवश्यकता पर्नेछ, उहाँले भन्नुभयो, हामीलाई पनि सात प्रदेश मन परेको छैन । आठ प्रदेश हुनुपर्छ भनि शुरुदेखि माग्दै आएको छौ ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..