» » सहारा टाइम्सका सम्पादको रुपियाँ अस्पतालबाट चोरीः अस्पताल भन्छ, केही गर्न सकिदैन


काठमाडौ साउन १७ गते । यस सहारा टाइम्स पत्रिका एवं अनलाइनका सम्पादकको सुनैना कुमारी यादवको केही नगद रुपियाँ  र महत्वपूर्ण कागजातहरु आज चोरी भएको  छ ।

आफ्नो भाइको उपचारका लागि सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज अस्पतालमा विहान ११ः३० बजे गएको बेला पर्समा रहेको २० हजार नगद, दुईटा एटीएम र अन्य महत्वपूर्ण कागजातहरु चोरी भएको छ ।
सम्पादक यादवका अनुसार ओपीडिमा लाइनमा बसेको बेला कुर्सीमा बसेर फोनमा कुरा गरि रहँदा छेउमा राखेको पर्समा रहेको नगद रुपियाँ, एटीएम र कागजातहरु चोरी भयो ।

यसको गुनासो तत्कालै अस्पताल प्रशासनमा गर्दा प्रशासन प्रमुखले चोरी भएको विषयमा केही गर्न नसकिने जवाफ फर्काएको सम्पादक यादवले बताउनुभयो । अस्पताल प्रशासनले .तपाईलाई कहाँ कहाँ उजुरी गर्नुछ गर्नुस् हामी केही गर्न सक्दैनौ भनि जवाफ फर्काएपछि सम्पादक यादव गौशाला प्रहरीमा पुग्नु भएको थियो ।
गौशाला प्रहरीले तत्कालै अस्पताल पुगेर खोजविन गरे तर कुनै सुराकी नभएको प्रहरीलाई उद्धृत गर्दै सम्पादक यादवले बताउनु भयो । यद्यपी प्रहरीले आफ्नो अनुसन्धान जारी रहेको अश्वासन दिएको पनि सम्पादक यादवले बताउनुभयो ।

सम्पादक यादवले भन्नुभयो, अस्पताल प्रशासनको लापरवाहीले त्यहाँ दिनहुँ जस्तो चोरीका घटनाहरु भइरहन्छन् । एक स्टाफले नै त्यहाँ भन्नुभयो कि यहाँ डाक्टरको पकेटबाट मोवाइल चोरी हुन्छ तपाईको त पैसा मात्र चोरी भएको छ । यसैबाट बुझ्न सकिन्छ कि अस्पताल प्रशासन कति लापरवाही छ । मैले गुनासो गर्न जाँदा छानविन गर्छु, स्टाफलाई बुझ्छु के गर्न सकिन्छ गर्छु भन्ने ठाउँमा उल्टै केही गर्न सकिदैन भन्यो । मलाई शंका छ, त्यहाँका कुनै स्टापले नै यस्तो गरेको हुनुपर्छ । विरामी र विरामीको कुरुवाले सुरक्षाको अनुभूति गर्न सकिदैन भने त्यस्तो अस्पतालको अरु के भर ।

साथै सहारा टाइम्सले चोरी घटनालाई उचित छानविन गरी दोषीमाथि कडा कारवाही गरी पीडितलाई क्षतिपूति दिलाउन माग गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..